जिल्ला बारको पदस्थापन

आदर्श समाज सम्वाददाता
कार्तिक १७, २०७८
kaski bar

पोखरा । कास्की जिल्ला अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिको मंगलबार पदस्थापन भएको छ ।
उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा नयाँ कार्यसमितिको पदस्थापन भएको हो ।
कार्यक्रममा जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्मा, उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदी, निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता पदमपाणि देवकोटा, अधिवक्ताहरु सुरेन्द्र थापामगर, भगवती पहारी, दिलमाया भुजेल, शुकदेव गौतम, गोविन्द पौडेल, निर्वाचन समिति सदस्य शिव परियार, कल्पना भण्डारी लगायतले बोलेका थिए ।
यसअघि जिल्ला बारमा नारायणप्रसाद शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समिति उपाध्यक्षमा लिलावल्लौ न्यौपाने, सचिवमा युवराज पराजुली, सहसचिवमा सीता भट्टराई, कोषाध्यक्षमा भूपराज पोखरेल, सदस्यमा बिनाका शर्मा, कुञ्जनी परियार प्यासी, दीपा कोइराला, सुष्मा ओझा, विमलप्रसाद लामिछाने, दधिराम पौडेल, रुद्रलाल कुँवर र कल्याणी अधिकारी छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width