गोदरेजको फेस्टिवल अफर

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७८
godrej~

पोखरा । इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दसैं र तिहार अवसरमा सार्वजनिक गरेको ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ योजनामा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार जित्ने अवसर छ ।
सो योजनाअन्तर्गत गोदरेज ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यासब्याक तथा बम्पर उपहार जित्ने सुवर्ण रहेको कम्पनीले जनाएको छ । सामानमा ३१ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहारअन्तर्गत ३ जना भाग्यशाली ग्राहकले ५५ इन्चको टिसिएल कर्भ स्मार्ट एलइडि टिभीसमेत जित्न सकिने व्यवस्था गरिएको छ ।
साथै गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजेरेटर खरिदमा ३३ हजार रुपैयाँसम्म, वासिङ मेसिनमा १५ हजार ३ सय, मैक्रोवेभ ओभनमा ७ हजार ५ सय, एअर कुलरमा ५ हजार २ सय रुपैयाँसम्मको क्यास ब्याक र एसिमा ४ हजार रुपैयाँ बराबरको निशुल्क एसी जडान प्राप्त गर्न सकिनेछ ।
गोदरेजले आफ्नो विभिन्न सामानमा विभिन्न किसिमका वारेन्टीका साथै निशुल्क होम डेलीभरी पनि प्रदान गर्नेछ ।
गोदरेजका सामान खरिद गरे पश्चात ग्राहकले आफूलाई बम्पर उपहारमा सहभागी गराउन जिओडिएफओ टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एसएमएस गर्नुपर्नेछ ।
गत भदौ ३० देखि सुरु योजना अब सीमित अवधिका लागि लागु गरिएको छ । गोदरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गु्रपअन्तर्गत सिजी इओएल हो ।

Related News

सम्बन्धित समाचार

hero news full width