८५ हजार घरमध्ये ६६ हजार घरमा बसोबास

रासस
कार्तिक १५, २०७८

गोरखा । गोरखा जिल्लामा करिब ८५ हजार घर सूचीकरण भएकामा झण्डै १९ हजारमा मानिसको बसोबास नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको कार्यक्रमअन्तर्गत जिल्लाभित्र गरिएको घरपरिवार सूचीकरणमा करिब ८५ हजारको घर सूचीकरण भएकामा त्यसमध्ये करिब ६६ हजार घरमा मानिस बसोबास गरेको पाइएको तथ्याङक कार्यालयका प्रमुख महेशप्रसाद ढुङगानाले जानकारी दिनुभयो ।

जिल्लाभित्र यही भदौ ३० गतेदेखि असोज १८ गतेसम्म गरिएको घरपरिवार सूचीकरणको प्रारम्भिक तथ्याङ्कअनुसार १९ हजारभन्दा बढी घरमा मानिस बसोबास नरहेको पाइएको प्रारम्भिक तथ्याङक प्राप्त भएको उहाँले बताउनुभयो । मानिस बसोबास नभएका घरमध्ये केही बसाइँसराइ गरी गएका तथा बाहिर घर भएर पनि भूकम्पीय जोखिममा रहेको पाइएको प्रमुख ढुङगानाले जानकारी दिनुभयोे ।

प्रारम्भिक तथ्याङकमा जिल्लामा ६६ हजार घरमा मानिसको बसोबास भए पनि परिवारको सङ्ख्या भने करिब ७१ हजार रहेको छ । ‘तथ्याङ्क सङ्कलनका क्रममा कतिपय एउटा घरमा दुई परिवारसमेत बसोबास गरेको पाइएको छ, उहाँले भन्नुभयो,“जसले गर्दा मानिस बसोबास गरेको घरको सङ्ख्याभन्दा परिवारको सङ्ख्या झण्डै पाँच प्रतिशतले बढी हुन आएको छ ।”

घरपरिवार सूचीकरणको तथ्याङ्क सङ्कलनमा खटिएका ९८सुपरीवेक्षले जिल्लाभित्र रहेका कृषिको लगत, सरकारी अनुदानमा घर निर्माण भए नभएको, प्राविधिक शिक्षा लिए नलिएको, बैंकसँग ऋण लिए नलिएको बारेमा पनि तथ्याङ्क सङ्कलन गरिएको थियो ।

जिल्लामा यही कात्तिक २५ गतेदेखि हुने मुख्य जनगणनाका लागि ४०२ गणक परिचालन हुनेछन् । जनगणनाका लागि विभिन्न पाँच केन्द्र निर्धारण गरिएको कार्यालय प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नारासहित हुने जनगणनामा खटिने कर्मचारीलाई सहयोग गरी सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width