ज्येष्ठ नागरिक समाज कास्कीद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७८
Jestha Nagarik Sarokar Samaj

पोखरा । जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले भक्तपुर जिल्लामा पुगेर ज्येष्ठ नागरिकको सम्मान गरेको छ । समाजले भक्तपुर चाँगुनारायण वडा नं. ६ निवासी १०७ वर्षीया सुनकान्छी लामिछानेलाई उनकै निवासमा पुगेर अभिनन्दन गरेको हो ।
संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद ढकालले संस्थाबारे जानकारी दिए । संस्थाका सचिव इच्छाबहादुर वाग्लेले सञ्चालन गरेको कार्यक्रममा सदस्यहरु हरिप्रसाद फुयाँल, शरणकुमार लिगल, नुरप्रसाद पराजुली, देवी ढकाल, भगवती फुयाँलले बोलेका थिए ।
सम्मानित व्यक्तित्वको परिवारको तर्पmबाट कान्छो छोरा सीताराम लामिछानेले धन्यवाद व्यक्त गरे । संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठको नेतृत्वमा ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीको टोली भक्तपुर पुगेको हो ।
संस्थाले अहिलेसम्म १ सय वर्ष उमेर काटेका ११ जना वृद्धवृद्धालाई सम्मान गरेको छ । ती मध्ये १० जना कास्कीकै रहेका थिए भने कास्कीबाहिर भक्तपुर पुगेर सम्मान गरेको यो पहिलो भएको सचिव इच्छाबहादुर वाग्लेले बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width