हिसानको वक्तृत्वकलामा सुष्मा प्रथम

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७८

पोखरा । हिसान कास्कीद्वारा आयोजित कक्षा ११ र १२ एवं विश्वविद्यालय स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । पिसिएम कलेजमा भएको प्रतियोगितामा २२ शिक्षालयका शिक्षार्थीको सहभागिता थियो ।
प्रतियोगितामा कक्षा ११ र १२ को तर्फबाट मदरल्यान्ड माविकी छात्रा सुष्मा आचार्यले प्रथम स्थान हासिल गरिन् । डायमन्ड माविकी स्नेहा श्रेष्ठ द्वितीय, सिर्जना माविकी कृति पौड्याल तृतीय तथा ग्लोबल कलेजियटका अनुपम रिजाल सान्त्वना स्थान हासिल गर्न सफल भए ।
विश्वविद्यालय स्तरीय प्रतियोगितामा पिएमसी कलेजका छात्र तेन्जिम मेन्टोक प्रथम भए । लिंकन इन्टरनेसनल कलेजकी छात्रा अन्नु पुन द्वितीय, पोखरा मल्टिमोडलकी अस्मी तामाङ तृतीय तथा पोखरा इन्फोमेटिक्स कलेजका गौरव आचार्य चौथो भए ।
हिसान कास्कीका अध्यक्ष यमबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिवाकर जैसीले स्वागत गरेका थिए । सचिव ढाकाराम कँडेलद्वारा सञ्चालित कार्यक्रममा डा. नवराज पौड्याल, डा. रामजी शमा, पुरन कुँवर लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width