सिद्धि गौचनको स्मृतिमा कोष स्थापना

आदर्श समाज सम्वाददाता
कार्तिक १४, २०७८
siddhi corrected 2

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा समाजसेवी सिद्धि गौचनको ११ औं स्मृति सभा विविध कार्यक्रमका साथ भएको छ ।
कार्यक्रममा वक्ता सरुभक्तले तत्कालीन समयमा सिद्धि गौचनको नेतृत्व क्षमता, सामाजिक सेवा र समुन्नत समाज निर्माणको कार्ययोजना प्रभावकारी रहेको बताए ।
प्राध्यापक ज्योती गौचनले सिद्धि गौचनको व्यक्तित्वबारे प्रकाश पार्दै बहुआयामिक व्यक्तित्वका रुपमा चिनाइन् । ज्योतीले थकाली समुदायकी महिला भएर पनि सिद्धि गौचन, थकाली, नेपाली, नेपाल र अंग्रेजी भाषामा पोख्त रहेको स्मरण गरिन्् ।
सिद्धि गौचनका पति विश्वमोहन गौचनले सिद्धि गौचन जीवन संगीनीमात्र नभएर कुशल अभिभावकका रुपमा आफ्ना जीवनमा आएकाले उनको योगदानलाई चिरस्थायी बनाउन कोष स्थापना गरेको बताए ।
उनले जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष डा. नारायण अधिकारीलाई २ लाख ८० हजार ८ सय रुपैयाँ हस्तान्तरण गर्दै समाजमा पत्नीलाई गरिने व्यवहारमा समयानुकूल परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।
समारोहमा विश्वमोहन गौचनका बहिनीज्वाइँ विश्वशान्ति शेरचन र ज्ञानबहादुर शेरचनबाट १५ हजार, भाञ्जीज्वाइँ डा. अनु शेरचन शर्मा र डा. राजन शर्माले १० हजार सो कोषमा थप गरेका थिए ।
जरोटुप्पोका कोषाध्यक्ष असफल गौतमले संस्थाले सिद्धि गौचन स्मृति कोष निर्देशिका २०७८ तयार गरेर कोषलाई व्यवस्थापन गर्ने बताए । उनले वर्तमानमा हरेक दुई वर्षमा प्रदेशस्तरमा महिला सशक्तीकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका विविध क्षेत्रमा जीवन समर्पण गरेका एक जना प्रतिभालाई १० हजार १ सय ११ राशिसहित सिद्धि गौचन महिला सशक्तीकरण पुरस्कार अर्पण गरिने बताए ।

पोखरा १ की जनप्रतिनिधि प्रेमदेवी परियारले सिद्धि गौचनका पालामा निर्माण भएको वडा कार्यालयमा आज बसेर जनताको काम गर्न पाउँदा आफूलाई थप जिम्मेवारीबोध भएको स्मरण गर्दै भावविह्वल भएकी थिइन् ।
इन्द्रहुमा वाङ्मय कोषका संस्थापक सविन जिसीले सामाजिक काम गर्ने व्यक्तित्वलाई सदा साथ र सहयोग आवश्यक पर्ने बताउँदै जरोटुप्पोबाट सञ्चालन हुँदै आएको उक्त कोषमा ५० हजार थप गरी कोषको रकम १ लाख ६१ हजार १ सय ११ पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
समाजका अध्यक्ष डा. अधिकारीले समाजमा जुन व्यक्तित्व जसका लागि बाँचेको हुन्छ त्यसको स्मरण सोहीअनुरुप हुने भएकाले सिद्धि गौचनको सामाजिक व्यक्तित्वलाई जीवन्त राख्न संस्थाले कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा थकाली सेवा समितिका अध्यक्ष इ. गोविन्द गौचन, थासाङ युवा परिवारका अध्यक्ष वसन्त भट्टचन, संस्थाका उपाध्यक्ष प्राडा यामबहादुर पौडेल क्षत्री, महासचिव मदन भण्डारीलगायतले सिद्धि गौचनको सामाजिक, राजनीतिक, सांस्कृतिक योगदानका बारेमा चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width