पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

रासस
कार्तिक १३, २०७८

काठमाडौं । विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् ।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलिया पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ । अन्तरराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

यसरी माग गर्नेमा अखिल९क्रान्तिकारी०का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल९छैटौँ० का अध्यक्ष देवेन्द्र कुँवर, अखिल ९क्रान्तिकारी०का अध्यक्ष प्रकाश शाही र अखिल९क्रान्तिकारी० का अध्यक्ष हरिकृष्ण गजुरेल हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width