गाउँगाउँमा व्यवसाय सहजकर्ता

आदर्श समाज सम्वाददाता
कार्तिक १२, २०७८

हेमजा । आइडिई नेपालको अनुदान सहयोग तथा ढिकुरपोखरी सामुदायिक विकास संघ (डिसिडिओ) को आयोजनामा समुदाय व्यवसाय सहजकर्ता तालिम भएको छ ।
कार्यक्रममा संस्थाको साना किसान परियोजनाका लागि वित्तीय सेवा परियोजनाका कार्यक्षेत्रअन्र्तगत माछापुच्छ्रे गाउँपालिका वडा ६, ७, ८ र ९, अन्नपूर्णको २ र ६, मादीका ४, ५, पोखरा २२, स्याङ्जाका समेत प्रतिनिधि सहभागी थिए ।
३ दिनसम्म चलेको तालिममा आइडिई नेपाल केन्द्रीय कार्यालयका अष्ट प्रजापति, क्षेत्रीय कार्यालय पोखराका बालकृष्ण थापामगर, उद्यम चौतारीका प्रोप्राइटर ऋषिराम पौडेल, सम्पूर्ण सामग्री भण्डारका प्रोप्राइटर भगवान पराजुली लगायतले सहजीकरण गरेका थिए ।
गाउँँमा छरिएका कृषकलाई व्यावसायिक तरकारी उत्पादनका लागि चाहिने कृषि सामग्री सहजकर्तामार्फत स्थानीयस्तरमा नै सुपथ मूल्यमा उपलब्ध गराउनु तालिमको उद्देश्य थियो । जसबाट कृषकको समयसँगै आर्थिक बचत हुने, उत्पादनमा लाग्ने सामान घरछेउमै प्राप्त हुने, यातायात खर्च नहुने विश्वास छ । संस्था अध्यक्ष हिममाया भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुण्यप्रसाद भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width