चितवन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर्यो । समयमा नै अधिवेशन हुनुपर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उहाँले आफू छलफलमै रहेको बताउनुभयो । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उहाँले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताउनुभयो ।
कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उहाँले भन्नुभयो, “यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ”
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१