‘अपरिचित अनुहार’ नेपाली कथामा नयाँ दृष्टि

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०७८
aparichit anuhar photo 1

पोखरा । लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह ‘अपरिचित अनुहार’ माथि अन्तक्र्रिया गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथा संग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले पौड्याललाई वर्तमान समयका सिर्जनशील, बहुआयामिकता भएको लेखकको रुपमा अथ्र्याए । पौड्यालको क्रियाशीलता र ऊर्जा देखेर आफू आश्चर्यमा परेको भन्दै उनले उर्जाको नमुनाको रुपमा अपरिचित अनुहार आएको बताए ।
सरुभक्तले अपरिचत अनुहारलाई परम्परा र नवीनताको सेतु भएको टिप्पणी गरे । नेपाली साहित्यको इतिहास प्रयोगात्मक भएको भए पनि प्रयोगवादको भूत लागेकाले जथाभावी लेख्ने गरेकोमा उनले असहमति जाहेर गरे ।
समालोचक राजकुमार बानियाँले पौड्यालको अपरिचित अनुहारमाथि निर्मम समीक्षात्मक टिप्पणी गरे । बानियाँले नेपाली लेखक कथाको नाममा घटनाको मुचुल्का उठाउने वर्तमान समयमा पौड्यालले त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्टि भित्रिएको बताए । साहित्यलाई पत्रकारिताले लिड गरेको भन्दै विशिष्ट लेखकका रुपमा उभिएर पौड्यालले कथामा जेथा थपेको बताए ।
समीक्षक अशोक थापाले मान्छेको संवेदना र पात्रले उठाएको भावनालाई आफ्नो भावनाको कक्टेलको रुपमा प्रयोग गर्न स्मार्ट कथाकारका रुपमा पौड्याललाई चिनाए ।
दुवै वक्ताको समिक्षा पश्चात उपस्थित पाठकको जिज्ञासालाई समेटेर कथाकार महेश पौड्यालले आफ्ना कुरा राखेका थिए ।
पौड्यालले घटनाहरुको मुचुल्का लेख्ने खतरा आफूमा पनि रहेको स्वीकार गदै लेखकले सदासर्वता म फरक हुँ भन्ने कुरा भनिरहनु पर्ने र त्यो लेखनमा पनि परिलक्षित पार्ने बताए ।
पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका कोषाध्यक्ष अर्जुन अधिकारीले स्वागत मन्तव्य र सचिव डा.चैतन्य अधिकारीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width