ल्यान्डफिलमा स्थानीयको विरोध

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०७८

पोखरा । नयाँ ल्यान्डफिल प्रस्ताव गरिएको जग्गामा स्थानीयले विरोध गरेका छन् । पोखराको ल्यान्डफिल पोखरा १६ र २० को सिमाना पश्मराङमा सार्ने तयारी छ ।
कार्यपालिका बैठकले निर्णय गरेपछि स्थानीय आन्दोलित बनेका छन् । पोखराको ५२ औं कार्यपालिका बैठकले बाच्छेबुडुवाको ल्यान्डफिल पश्मराङ सार्ने निर्णय गरेको थियो । बुधबार भलाम र मौजाका स्थानीयले विरोध र्‍यालीसहित महानगरलाई ज्ञापनपत्र बुझाएका छन् । वडाध्यक्ष सिम गुरुङको संयोजकत्वमा गठित संघर्ष समितिले प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाएर ल्यान्डफिल साइट त्यहाँ नसार्न आग्रह गरेका छन् ।
‘खानेपानीको मुहान छ । काहुँ र भलामका नागरिकले पानी खान्छन् । त्यो ठाउँ फोहोर फाल्न उपयुक्त छैन,’ अध्यक्ष गुरुङले भने, ‘स्थानीयको विरोध हुँदाहुँदै जबर्जस्ती गर्न खोजे आन्दोलन हुन्छ ।’ निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्नु अघि नै ल्यान्डफिल सार्नुपर्ने दबाब पोखरालाई छ । पटकपटक विमानस्थलले ताकेता गरेपछि महानगरले जग्गा छनोट समिति गठन गरेको थियो । समितिको सिफारिस आधारमा १६ र २० नम्बर वडाको सिमानामा ल्यान्डफिल बनाउने निर्णय भएको हो ।
त्यसअघि स्थानीयसँग समन्वय गर्न समिति गठन गरिएमा हालसम्म समितिले कुनै काम गरेको छैन । स्थानीयले आफूहरुलाई जानकारी नै नदिई ल्यान्डफिल सार्ने निर्णय गरेको भन्दै कुनै हालतमा सार्न नदिने बताएका हुन् । ‘विकासको विरोध गरेको होइन । ल्यान्डफिल सार्नैपर्ने थाहा छ । तर अहिलेको प्रस्ताव उपयुक्त ठाउँ होइन,’ उनले भने, ‘हामीलाई जानकारी नै नदिई हाम्रो वडाको जग्गा उपयुक्त भनि सिफारिस गरेको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ । उक्त निर्णय फिर्ता लिन आग्रह गर्दछौं ।’ अटेर गरे थप संघर्ष गर्ने र त्यसको जिम्मेवार महानगर हुनुपर्ने चेतावनी समितिले दिएको छ । प्रमुख प्रशासकीय अधिकृत बरालले ज्ञापनपत्र बुझ्दै यसबारे आवश्यक सहजीकरण गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width