मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०७८
astalaxmi-shakya

पोखरा, १० कात्तिक । वागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुधबार राजीनामा पेश गरेको जानकारी प्रदेश प्रमुख सचिवालयले दिएको छ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा बुधबार नै राजीनामा दिने घोषणा गरेका थिइन् । बागमती प्रदेशमा अब नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग