युआरएलमा एन्टिबडी जाँच

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०७८
url logo

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले एन्टिबडी जाँच सुरु गरेको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेंसीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ ।
यो जाँचबाट कोभिड १९ को खोप लगाएपछि शरीरमा प्रतिरक्षा गर्ने शक्ति (एन्टिबडी) को अवस्था थाहा हुने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट इक्लिया प्रविधिमार्फत् कोबास इ ४११ मेसिनबाट एन्टिबडी जाँच हुँदा यसकै लागि राजधानी जानुपर्ने झन्झट सकिएको बताए ।
कोभिड १९ खोप लगाएको १५ देखि ९० दिनभित्र यो जाँच गर्नु उपयुक्त हुने उनको भनाइ छ । यसको परीक्षणको रिपोर्ट स्याम्पल दिएको १ घन्टामै तयार हुनेछ । अध्यक्ष पन्तले सेवाग्राहीको आवश्यकता अनुसारका अति संवेदनशील जाँचहरु पोखरामै उपलब्ध गराएर प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे ।
स्वास्थ्य शिविर, निशुल्क जाँचलगायत स्किम ल्याएर सर्वसाधारणलाई सेवा दिइरहेको युआरएलले कात्तिक महिनाभर मधुमेहको जाँच सित्तैमा र होलबडीसहित सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width