एमालेको पालिका अधिवेसन आज : सर्वसम्मत नाममा उम्मेदवार गुपचुप

आदर्श समाज सम्वाददाता
कार्तिक ९, २०७८
UML

पोखरा । नेकपा (एमाले) को मंगलबार हुने पालिका अधिवेशनअन्तर्गत पोखरा महानगरपालिकामा २ जना बलियो दाबेदार देखिएका छन् । हालका अध्यक्ष दीपक पौडेलले दोहो¥याउने चर्चा छ भने जिल्ला कमिटी सदस्य समेत रहेका पुराना नेता तेजनारायण अधिकारीले पनि दाबी गरेका छन् । अर्का नेता दिलीप न्यौपानेको समेत चर्चा छ । अधिकारी महानगरको अध्यक्ष बन्नकै लागि ७ नम्बर वडाबाट महानगर प्रतिनिधि बनेर आएका छन् । पौडेल महानगरको निर्वाचन आयोजक कमिटीको संयोजक हुन् । न्यौपाने जिल्लामा खगराज अधिकारीनिकट मानिन्छन् भने पौडेल र अधिकारी पृथ्वीसुब्बा गुरुङनिकट छन् । अन्य पदमा अहिलेसम्म कसैको नाम सार्वजनिक भएको छैन ।
अन्नपूर्ण गाउँपालिकामा पालिका उपाध्यक्षदेखि वडाध्यक्षसम्म दावेदार छन् । उपाध्यक्ष सगुन गुरुङ, वडा नम्बर ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, सुरेन्द्र गुरुङ, सोम पौडेल, विवेक देवकोटा, गौरी सुवेदी लगायत आकांक्षी छन् । स्रोतका अनुसार हालका क्षेत्रीय अध्यक्ष विष्णु केसीले पनि पालिका अध्यक्षमा दाबी गरेका छन् । ‘निर्वाचन नगर्नू भन्ने माथिकै निर्देशन छ । सर्वसम्मतभन्दा धेरै नेताहरुको आकांक्षा मात्रै हुन्छ,’ एक आकांक्षीले भने, ‘सर्वसम्मतभन्दा प्रतिस्पर्धा गरे राम्रो हुने हो । केन्द्रको निर्देशन भनेर पछाडि पार्ने काम भएको छ ।’
मादीमा हालकै अध्यक्ष बालकृष्ण गुरुङ दोहो¥याउने सम्भावना अधिक छ । तर वडाध्यक्ष पसबहादुर बास्तोला र अर्का नेता हरिवोल गौतमले पनि दाबी गरेका छन् । यी ३ मध्ये १ जनालाई सर्वसम्मत नेतृत्वमा चयन गर्ने बताइएको छ । ‘सर्वसम्मतरुपमै नेतृत्व छानौं भनेर लागेका छौं । नभए प्रतिस्पर्धामा जान्छ,’ पालिका अध्यक्ष तथा एमाले गण्डकी प्रदेश कमिटी सदस्य वेदबहादुर गुरुङ (श्याम) ले भने, ‘सहमति हुन्छ होला । धेरै आकांक्षी हुनुहुन्न ।’
रुपामा पुरानै अध्यक्ष दोहोरिने देखिएको छ । हाल सहबक्स मियाँ अध्यक्षको रुपमा कार्यरत छन् । प्रदेशभरमै मुस्लिम समुदायबाट अध्यक्ष बन्ने अवस्था नरहेकोले मियाँलाई सबैले समर्थन गरेका छन् । उनी दोहोरिए सचिव पनि टेकबहादुर गुरुङ नै रहने देखिएको छ । मियाँले स्वःस्फूर्तरुपमा छोडे उनको ठाउँमा अरु आउने छन् । ‘उहाँले नै दोहोरिन्नँ भन्नुभयो भने छुट्टै कुरा नत्र उहाँ सर्वसम्मत हुनुहुन्छ,’ एक नेताले भने, ‘आकांक्षा अरु साथीहरुको पनि छ । तर अहिलेको अध्यक्ष हटाउनुपर्ने पक्षमा खासै कोही हुनुहुन्न ।’ वडा नम्बर ५ का वडा सदस्य दामोदर घिमिरेले पनि अध्यक्षमा दाबी गरेका छन् । उनी पार्टी फुटेको बेला नेकपा (एकीकृत समाजवादी) मा गएर एमालेमै फर्किएका हुन् । अन्य पदाधिकारी र सदस्यहरु भने युवाहरु आउने बताइएको छ ।
माछापुच्छ«ेमा अहिलेका अध्यक्ष नदोहोरिने बताइएको छ । हाल जगन्नाथ बास्तोला अध्यक्ष र पालिका अध्यक्ष कर्णबहादुर गुरुङ सचिव हुन् । दुवै जनाले नदोहो¥याउने बताएका छन् । त्यसो हुँदा वडा नम्बर २ का अध्यक्ष विक्रम गुरुङ र पुराना नेता महेश्वर दवाडी प्रतिस्पर्धी हुने देखिएको छ । विक्रमले ९ नम्बर वडाका अध्यक्ष दुर्गाबहादुर क्षेत्रीलाई आफ्नो प्यानलबाट सचिव बनाएका छन् भने दवाडीले कमल भुजेल सचिव छानेका छन् । ‘नेतृत्व हस्तान्तरण गरेर जाने कुरा हो । सधैं एउटै व्यक्ति हुँदा पार्टी राम्रो हुँदैन,’ पालिका अध्यक्ष तथा पार्टी सचिव गुरुङले भने, ‘म दोहोरिन्नँ । नेतृत्वमा पनि दाबी छैन । अरु साथीहरु हुनुहुन्छ । नयाँलाई अवसर दिनुपर्छ ।’
आकांक्षी २ मध्ये १ जनालाई पार्टी अध्यक्ष र अर्कोलाई पालिका अध्यक्षको टिकट दिने सहमतिमा सर्वसम्मतको प्रयास भइरहेको बताइएको छ । अध्यक्ष र सचिवमा प्रतिस्पर्धा धेरै देखिए पनि अन्य पदमा भने सर्वसम्मत चयन हुने सम्भावना छ । क्षेत्रदेखि जिल्ला हुँदै प्रदेशसम्म कमिटी भएकाले सबैलाई पद पुग्छ । आगामी निर्वाचनमा मनमुटाव नहोस् भनेर सर्वसम्मत प्रयास गरिएको बुझिएको छ । कांग्रेसले पनि केही पालिकामा सर्वसम्मत गरेको थियो भने केहीमा निर्वाचन भएको थियो ।
गत शनिबार वडा अधिवेशन गरेको नेकपा (एमाले) पालिका अधिवेशनपछि आगामी मंसिरमा राष्ट्रिय महाधिवेशनमा होमिदै छ । मंसिर १० देखि १३ सम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width