सुनगाभा सहकारीको अध्यक्षमा थापा

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
Sungava

पोखरा । सुनगामा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदीभिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्णबहादुर थापा निर्विरोध चयन भएका छन् । सहकारीको शनिबार भएको पाँचौ अधिवेशन तथा १२ औं वार्षिक साधारणसभाले थापाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र लेखा समिति चयन गरेको हो । थापा तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।
यस्तै, सञ्चालक समितिको उपाध्यक्ष पार्वती कोइराला, सचिव कृष्ण थापा र कोषाध्यक्ष राजु थापा रहेका छन् । सदस्यहरु रमेश थापा (सुमन), सुरेन्द्र थापा, निर्मल गौतम, रमेशबहादुर थापा र देवकी पहारी छन् ।
लेखा समिति संयोजक रामबहादुर थापा र सदस्यहरु मीना थपलिया र भगवान् पहारी चयन भए भने पत्रकार गणेश पहारी संयोजक तथा सूर्यबहादुर थापा र पवित्रा बास्तोला सदस्य रहेको निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई सपथ गराएको थियो ।
साधारणसभामा पोखरा १८ का अध्यक्ष रणबहादुर थापाले सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने बताउँदै सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानीपर्नेमा जोड दिए ।
कार्यक्रमा बंगलादी बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुमाया सुवेदी, संस्थाका सदस्य एवं पत्रकार गणेश पहारी, गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र तिमिल्सिना लगायतले शुभकामना व्यक्त गरे ।
संस्थाका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती कोइराला र सञ्चालन सचिव कृष्ण थापाले गरेका थिए । विसं २०६६ मा स्थापना भएको संस्थाको सेयर पुँजी १ करोड ८७ लाख २० हजार छ भने लगानी ३ करोड ९४ लाख २९ हजार ७ सय ४५ छ । संस्थाको वार्षिक कारोबार ५ करोड ५० लाख छ । संस्थामा ३७१ सेयर सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width