पोखरा । पोखरा–३२ स्थित जय कालिका प्लाष्टिक उद्योग प्रालि स्थापनाको पाँचौं वर्षमा प्रवेश गरेको छ । यो कम्पनी पानी ट्यांकी बनाउने गण्डकी प्रदेशकै पहिलो कम्पनी हो ।
वार्षिकोत्सव अवसरमा कम्पनीका प्रबन्ध निर्देशक रमेश खाँण ठकुरीले सम्पूर्ण ग्राहक, डिलर, कर्मचारी लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेका छन् । ‘राम्रो उत्पादनसँगै ग्राहकको अथाह माया, डिलरको विश्वास, कर्मचारीहरुको लगनशीलताबाट नै हामीले सफलता प्राप्त गरेका हौं,’ उनले भने । उनका अनुसार कम्पनीले २ सयदेखि २ हजार लिटरसम्मका पानी ट्यांकी उत्पादन गर्दै आइरहेको छ ।‘डबल लेयर, ट्रिपल लेयरका ट्यांकी बनाउँछौं । फोम ट्यांक पनि बनाउँदै आएका छौं,’ उनले भने, ‘भारतबाट नै कच्चा पदार्थ आउँछ । खानेपानीको लागि उपयुक्त ट्यांकी हो ।’
गण्डकीका विभिन्न जिल्लाबाट माग हुनुका साथै पाल्पा, चितवन, मकवानपुर, रुपन्देही, काठमाडौं उपत्यकाका जिल्ला लगायतमा समेत बिक्री वितरण गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक रमेश खाँण ठकुरीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१