थमन परियार १७ औं स्मृति सभा

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
Thaan Pariyar Smriti sava

लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका गण्डकी प्रदेशका अध्यक्ष हरिराज अधिकारीले स्व. थमन परियार कलाकार, पत्रकार, राजनीतिक जुझारु कार्यकर्ता भएको स्मरण गर्दै सबै नेतादेखि कार्यकर्ताहरुले थमन परियारको विचारलाई आत्मसाथ गर्दै आफ्नो व्यवहारमा परिवर्तन ल्याई पार्टीले अगाडि सारेको समाजवाद निर्माणको रणनीतिका लागि वैचारिक तरिकाले आक्रमक र सांगठनिक रुपमा एक भएर अगाडि बढ्ने बेला आएको बताएका थिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले थमन परियारले आफ्नो पारिवारिक समस्यालाई पनि वास्ता नगरी पार्टीको आन्दोलनमा होमिएको स्मरण गर्दै जसको योगदानले अहिलेको राजनीतिक परिवर्तन आएको बताए । नेपाली कांग्रेस र एमालेले देशलाई यथास्थितिमा लैजान खोजेको आरोप लगाउँदै पार्टीले विगत र अहिलेको समीक्षा गर्दै समाजवादी क्रान्तिको तयारीमा रहेको जानकारी दिए ।
कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन आयोगका केन्द्रीय सदस्य रामराज रेग्मी, सल्लाहकार कोमलनाथ बराल, झलकपाणि तिवारी, माओवादी केन्द्रका कास्की जिल्लाका संयोजक बखानसिंह तमु, प्रदेश सांसद दीपक कोइराला, पोखरा महानगरपालिका अध्यक्ष विश्वप्रकाश लामिछाने, संविधान सभा सदस्य तेजकुमारी पौडेल लगायतले थमन परियारको योगदानको चर्चा गर्दै पार्टीले शाहदत हुने कार्यकर्तालाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्नुपर्ने बताउँदै पार्टीका नेता तथा कार्यकर्ताहरुले आत्मसमीक्षा गर्दै एक जुट भएर आगामी निर्वाचनमा लाग्न सकेमात्र सहिदहरुको सपना पूरा गर्न सकिने बताए ।
प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले प्रतिष्ठानले विगतमा गरेको कामका बारेमा चर्चा गर्दै थमन परियारको विचारलाई समाजमा स्थापित गर्न प्रतिष्ठान लागि परेको बताए । गोपालमणि लामिछानेले सञ्चालन गरेको कार्यक्रममा थमन परियारका छोरा सन्तोष परियारले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width