किवानिस क्लबमा श्यामसुन्दर

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
Kiwanish Club Photo

पोखरा । किवानिस क्लब पोखरा वर्ष २०२१/०२२ अध्यक्षमा श्यामसुन्दर ढकाल चयन भएका छन् । ढकाल विन्डोर इन्टरप्राइजेज नामक व्यावसायिक संस्थाका सञ्चालर हुन् । ९ सदस्यीय कार्यसमिति उपाध्यक्षमा स्वतन्त्र न्यौपाने, द्वितीय उपाध्यक्ष विष्णुुहरि न्यौपाने, सचिव होमराज भट्टराई, कोषाध्यक्ष गणेशप्रसाद लामिछाने र सहसचिव सुभाष अधिकारी छन् । सदस्यमा ध्रुवराज तिवारी, राजेश बराल र विनोद भण्डारी चयन भए ।
क्लबका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेल, भुपु अध्यक्ष देवेन्द्र केसी र निवर्तमान अध्यक्ष राजन पन्तको उपस्थितिमा भएको सभामा नवनिर्वाचित अध्यक्ष ढकालले बालबालिकाको कल्याणका निम्ति प्रभावकारी कार्यक्रम गर्ने भन्ने आफ्नो मुख्य योजना रहेको उल्लेख गरे ।
किवानिस इन्टरनेशनल सन् १९१५ मा डेट्रोइट, मिसिगनमा स्थापना भएको अन्तर्राष्ट्रिय सेवा क्लब हो । जसको मुख्यालय अमेरिकाको इन्डियानापोलिस, इन्डियाना छ । क्लबको ८० भन्दा बढी राष्ट्रमा फैलिएको छ । १९८७ देखि संस्थाले महिलालाई पनि सदस्य बनाएको हो । किवानिस र यसको क्लबको परिवारको सदस्य ५ लाखभन्दा बढी सदस्य छन् । प्रत्येक वर्ष, किवानीस क्लबहरु १ सय मिलियन अमेरिकी डलरभन्दा बढी उठाउने गर्दछ । क्लबले १.५ मिलियनभन्दा बढी स्वयंसेवक समुदायलाई सुदृढ पार्न र बच्चाको सेवा गर्न रिपोर्ट पनि तयार गर्ने गर्छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width