एमाले पनि कांग्रेसकै बाटोमा, महिलाले पाएनन् अवसर

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७८
UML

पोखरा । १० औं महाधिवेशनको संघारमा रहेको नेकपा एमालेले शनिबारदेखि प्रारम्भिक अधिवेशन सुरु गरेको छ । शनिबार एमालेको वडा अधिवेशन सकिएको छ ।
कास्कीका ७२ वडामा कार्यसमिति निर्वाचित भएका छन् । केही वडाको नतिजा आइसकेको छ भने समाचार तयार पार्दासम्म बाँकीको नतिजा आउन बाँकी छ । अन्नपूर्ण, मादी र रुपाका सबै वडामा नतिजा प्राप्त भएको छ । पोखरा महानगरपालिका र माछापुच्छ«ेका केही वडामा निर्वाचन भएकोले नतिजामा ढिलाइ भएको हो ।
एमालेले पनि नेतृत्व तहमा महिला र पिछडा वर्गलाई खासै महत्व दिएन । जिल्लाका ७२ मध्ये कुनै पनि वडामा महिला नेतृत्वमा आएका छैनन् । दलित एउटा वडामा मात्रै चयन भएका छन् । महिला र दलित मात्रै होइन, यहाँ आदिवासी जनजाति नेतृत्व पनि निकै कम आएका छन् ।
पोखरा वडा ३ मा सुरेन्द्र परियार, वडा ११ मा मीनबहादुर गुरुङ र वडा १५ मा भोजबहादुर गुरुङ बाहेक यहाँ सबै खसआर्यको बाहुल्यता देखिन्छ । वडा १ मा रामविक्रम राणा अध्यक्ष बनेका छन् । २ मा दीपक शाह, ३ मा सुरेन्द्र परियार, ४ मा शंकरबहादुर कोइराला, ६ मा बलराम पहारी, ७ मा किशोर बराल, १० मा सूर्य बानियाँ, ११ मा मीनबहादुर गुरुङ, १२ मा बलराम ढुंगाना चयन भए ।
यस्तै, १३ मा नीलकण्ठ सिग्देल, १४ मा बटुकृष्ण कुवँर, १५ मा भोजबहादुर गुरुङ, १७ मा ऋषभ तिमिला, १९ मा विष्णु गौतम, २२ मा राजेन्द्र बराल, २५ मा ऋषिराम पौडेल, २७ मा सूर्यमणि लामिछाने अध्यक्ष छन् । २८ मा रामकृष्ण तिवारी, २९ मा प्रमोद भण्डारी, ३२ मा चिरन्जीवी तिवारी अध्यक्षमा चयन भएका छन् । बाँकी वडाको नतिजा आउन बाँकी छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका कुनै पनि वडामा महिला र दलित अध्यक्ष छैनन् । वडा १ मा छविलाल दाहाल, २ मा नारायण भण्डारी, ३ मा महेश्वर पौडेल निर्वाचित भएका छन् । यस्तै, वडा ४ मा कृष्ण केसी, ५ मा लालबहादुर केसी, ६ मा एकदेव देवकोटा, ७ मा दुर्गाबहादुर क्षेत्री, ८ मा टंक सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ मा गुञ्जमान गुरुङ अध्यक्ष बनेका छन् ।

कास्कीका ७२ वडामा कार्यसमिति निर्वाचित भएका छन्

यस्तै, मादी गाउँपालिकाका १२ वटै वडामा अधिवेशन शनिवार नै सकिएको छ । यहाँका कुनै पनि वडामा महिला र दलित नेतृत्व छैन । मादी वडा १ मा भीमराज गुरुङ, २ मा कुमार गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा रविमोहन सापकोटा, ५ मा बाबुराम सापकोटा अध्यक्ष बनेका छन् । यस्तै, ६ मा दिलबहादुर क्षत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा लालबहादुर गुरुङ, ९ मा श्रीप्रसाद गुरुङ (गोपाल), १० मा विजय गुरुङ, ११ मा नन्दजंग गुरुङ र १२ मा प्रकाश बराल नेतृत्वमा चयन भएका छन् ।
उता, माछापुच्छ्रे गाउँपालिकामा समेत महिला नेतृत्व छैन । वडा १ मा अनुप गुरुङ, २ मा हुकुमसिंह गुरुङ, ५ मा हुमलाल लामिछाने, ६ मा रुद्रबहादुर केसी, ७ मा कुलप्रसाद भण्डारी, ८ मा कृष्णप्रसाद दवाडी र ९ मा टेकबहादुर श्रेष्ठ वडाध्यक्ष निर्वाचित भए । वडा ३ र ४ को नतिजा राति अबेरसम्म पनि आएको छैन ।
रुपा गाउँपालिका वडा १ मा कृष्णकुमार श्रेष्ठ, २ मा कृष्णप्रसाद ओझा (धनपति), ३ मा दीपेन्द्र गौतम, ४ मा रमेश रेग्मी, ५ मा तिलकबहादुर अधिकारी, ६ मा ज्ञानेन्द्रराज सुवेदी र ७ मा कृष्णबहादुर बिक अध्यक्ष भएका छन् । बाँकी वडामा नतिजा आउन बाँकी छ । नेपाली कांग्रेसले पनि वडाध्यक्षमा महिला शून्य पारेको थियो । कांग्रेसले दलित समुदायबाट पनि अध्यक्ष बनाएन ।
महिलाहरु आफै पनि तयार नभएका कारण नेतृत्वमा आउन नसकेका मादीका अध्यक्ष वेदबहादुर गुरुङले बताए । ‘हाम्रो समाज पितृसत्तात्मक छ । महिलालाई अघि आउन हामीले पनि उत्प्रेरित गरेका छैनौं,’ उनले भने, ‘उहाँहरु पनि आउन प्रयास गर्नुभएन । दुवै पक्षको कमजोरी छ । आगामी दिनमा सुधार्नु पर्ने छ ।’ स्थानीय तहको निर्वाचनमा पनि ७२ वडामध्ये पोखरा १ मा मात्रै महिला अध्यक्ष निर्वाचित भएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width