महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

रासस
कार्तिक ६, २०७८

तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पुर्‍याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए ।

छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पुर्‍याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताउनुभयो । सोही आश्रममा आबद्ध महिलाले जातीय परम्पराअनुसार अन्त्येष्टिमा सघाएको उहाँले बताउनुभयो ।

महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ, काजक्रिया गर्नुपर्छ भन्ने मान्यताले छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन शव बोकिएको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले बताउनुभयो । सात वर्ष अघि ९० वर्षीया आइतुमाया थापाको मृत्यु भएपछि पहिलोपटक आश्रमकी अध्यक्ष श्रेष्ठलगायत आबद्ध महिलाले नै शव बोकेर घाटसम्म पुर्‍याएपछि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउनुभयो । ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू आफूमा चन्दा सङ्कलन गरी सहाराविहीनका लागि ज्येष्ठ नागरिको आश्रम सञ्चालन गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width