पोखरा । गत साउन ८ मै मन्त्री बन्नुपर्ने डोवाटे विश्वकर्मा गत असोज २५ मा मात्र मन्त्री बने । उनलाई दसैंको मुखमा आएर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका हुन् । कांग्रेसभित्र गुटगत विभाजनका कारण यसअघि उनी मन्त्रीको सूचीबाट हटेका थिए । डोबाटे कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन् । डोवाटे मन्त्री बन्ने चर्चाबीच नियुक्ति नपाएपछि सञ्चारमाध्यमले संवैधानिक व्यवस्थादेखि समानुपातिक समावेशी सिद्धान्तका विषय उठाए । डोबाटे अन्ततः मन्त्रीमा नियुक्त भए । तर मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
‘पहिले नै मन्त्री बन्छु भन्ने लागेको थियो । त्यतिबेला के कुराले मिलेन । अहिले पार्टीले आवश्यकता महसुस गर्यो र मन्त्री बनें,’ शुक्रबार पोखरामा पत्रकारसामु उनले भने, ‘म खुसी छु । कसैसँग मेरो गुनासो छैन । यो पार्टीको आन्तरिक कुरा हो भन्ने लागेको छ ।’
उनलाई मन्त्री नियुक्त गरेपछि सत्तारुढ दलभित्रै असन्तुष्टी देखिएको छ ।
उनले पहिले मन्त्री नबनेकोमा गुनासो त गरेनन्, आफूलाई यो मन्त्रालय चाहियो भनेर दाबी पनि देखाएनन् । ‘मुख्यमन्त्रीले जे काममा उचित देख्नुहुन्छ त्यही मन्त्रालयको जिम्मा दिनुहोला,’ उनले भने, ‘मलाई यही मन्त्रालय दिनुस् भनेर दाबी गरेको छैन र गर्दिनँ पनि ।’
उनले मन्त्री बनाउन मिडियाको ठूलो भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘संविधान कार्यान्वयन हो । सबै वर्ग र समुदायको प्रतिनिधित्व संविधानले स्पष्ट गरेको छ । सरकार गठनमा केही कमीकमजोरी भएको हो । मिडियाले त्यो उजागर गरिदियो,’ उनी अघि भन्छन्, ‘धेरै सांसद भएपछि मन्त्रीको रेसमा धेरै हुनुहुन्थ्यो । म धेरै दौडिन सकिनँ र पछि परें । तर मिडियाकै बलले फेरि मन्त्रीमा नियुक्त भएको हुँ । मिडियालाई धन्यवाद छ ।’
उनले मुख्यमन्त्रीको निर्देशनअनुसार काम गर्ने बताए । तर हालसम्म कामको जिम्मेवारीबारे आफूलाई ज्ञान नभएको डोवाटे बताउँछन् । ‘मुख्यमन्त्रीको निर्देशन पालना गरेर काम गर्ने हो । मेरो कुनै असन्तुष्टी र गुनासो छैन । मन्त्री हुने वित्तिकै दसैं लाग्यो । मन्त्रालय आएको २ दिन भयो,’ उनले थपे, ‘जिल्लाको कार्यक्रममा पनि जानै प¥यो । अहिलेसम्म मेरो जिम्मेवारी बुझ्ने मौका पाएको छैन ।’ उनलाई मन्त्री नियुक्त गरेपछि सत्तारुढ दलभित्रै असन्तुष्टी देखिएको छ । डोवाटेको सपथ ग्रहण कार्यक्रममा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा सहभागी भएन । तर आफ्नो नियुक्त सत्ता साझेदार दलको समेत सहमतिमा भएको उनको दाबी छ । उनले आफू प्रदेशको हित र विकासमा काम गर्ने प्रतिबद्धता समेत जनाए ।
‘सत्तारुढ सबै दलको केन्द्रीय नेतृत्वसँग समझदारी गरेरै मैले नियुक्ति पाएको हुँ,’ उनले भने, ‘मलाई सबैको साथ र सहयोग छ ।’ डोबाटे अहिले मुख्यमन्त्री कार्यालयकै एउटा कोठामा बसेर दैनिकी बिताइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१