प्रदेश खेलकुद परिषद गण्डकीले तोक्यो जिम्मेवारी

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०७८
logo province final

पोखरा। प्रदेश खेलकुद परिषदले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ ।

प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितिको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रदेश र संघिय सरकार बाट विभिन्न योजनाहरुमा प्राप्त बजेट सँगै बजेट नभएका योजनाहरु समेतको कार्य सम्पादन गर्न प्रदेश खेलकुद परिषदका सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेजबहादुर गुरुङले जनाएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीले योजना अन्तर्गत कुनै बजेट नभए पनि स्रोतहरुको खोजी गर्दै प्रदेशका नागरिकहरुलाई स्वस्थ्य बनाउने उद्धेश्यका साथ कसरी अघि बढ्न सकिन्छ भन्ने बारे सचेतताका साथ अघि बढेको सदस्य सचिव गुरुङले बताए । “प्रदेश खेलकुदले अङ्गिकार गरेको चार वटा रणनितिकि आधार स्तम्भमा हामीले खेलकुद विकासलाई अघि बढाएका छौं, उनले भने–“यो पटक हामीले सोचे जस्तो गरी बजेट आएको छैन तर पनि मन्त्रालय संगको सहकार्यमा हामी खेलकुद मार्फत सचेतनाका कार्यक्रम संगै खेलकुदको विकास गर्ने भन्ने बारे गम्भिर भएर अगाडी बढ्दै छौं ।” सदस्य सचिव गुरुङले रणनितिक योजनाहरुको सफलतापूर्वक सञ्चालन गर्न संयोजक सहित तिन–तिन सदस्यिय समिती गठन गरेको जनाउँदै सबै प्रदेश खेलकुद परिषदका सवै सदस्यहरुलाई समेत गठित विभिन्न समिती अन्तर्गत जिम्मेवारी सुम्पिएको बताए ।

प्रदेश खेलकुद परिषदले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङलाई यूवा स्वरोजगार कार्यक्रमको संयोजक तोकेको छ भने परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङलाई विभिन्न योजनाहरुको कार्यविधि, मापदण्ड निर्धारण र खेलाडी कल्याण कोष, कार्यकारी सदस्य ऋषीराम गौतमलाई आधारभुत खेल मैदानहरुको स्त्तरोन्नती तथा जिल्लाहरुमा पूर्वाधारहरुको लगत संकलन गर्ने जिम्मेवारी दिएको छ । त्यस्तै कार्यकारी सदस्य तारा माया थापा मगर लाई प्रदेशको प्राथमिकताका आधारमा खेलहरुको वर्गिकरण र पोखरा रंगशालामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न जिम्मेवारी दिइएको छ ।

त्यस्तै रेफ्रि, स्वयसेवक प्रशिक्षण, खेलकुद शिक्षकहरुका लागि प्रशिक्षणको संयोजकमा निर्मला बराल रहेकी छन् भने ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम अन्तर्गत खगेन्द्र क्षेत्री संयोजक रहेका छन । प्रदेश भित्र वाटर स्पोर्टसको अध्ययन अनुशन्धान, शाहसिक खेलकुदको प्रवद्र्धनका लागि बसन्तराज दवाडी, खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा पदर्शनका लागि योगिता कुमारी मल्ल सहनी, सक्रिय खेलाडी संगै पूर्व खेलाडीहरुको व्यक्तिगत र समुहगत तथ्याङ्क र सूचना प्रविधिको संयोजकको जिम्मेवारी केशव पाठकलाई सुम्पिएको छ ।

बैठकले अपाङ्गता खेलकुदको प्रतियोगिता सञ्चालनका लागि अमृत बराल, ११ वटै जिल्लामा सडक दौड प्रतियोगिता आयोजना गर्ने संयोजकमा योगेन्द्र गुरुङ, पोखरा रंगशाला भित्र खानेपानीको व्यवस्थापनका लागि योगेन्द्र शेरचन र खेलकुद पुस्तकालयको स्थापनाको लागि शुभकन्या गुरुङलाई जिम्मेवारी दिएको छ भने प्रशिक्षक प्रशिक्षण प्राविधिकतर्फको संयोजकमा कृष्ण तिमिल्सिना र परम्परागत खेलहरुको संरक्षण, प्रवद्र्धन तथा प्रतियोगिता सञ्चालनको लागि रामचन्द्र थापालाई जिम्मेवारी दिइएको छ ।

यससंगै प्रदेश खेलकुद परिषदले पोखरा रंगशालामा खेलाडी तथा प्रशिक्षकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने भएको सदस्य सचिव तेज बहादुर गुरुङले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width