चाडपर्वलाई समयानुकुल बनाउन मुख्यमन्त्री पाेखरेलको आग्रह

आदर्श समाज सम्वाददाता
असाेज २६, २०७८
cm krishna chandra pokhrel

तस्बिर : राधिका कँडैल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताएका छन् ।

विजयादशमी/बडादशैं २०७८ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान् संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्नुका साथै समायानुकुल बनाउनुपर्ने उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो र जीवनमूखी बनाउन सक्नेमा म विश्वस्त छु ।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर र राष्ट्र हो भन्दै मुख्यमन्त्री पोखरेलले विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम रहेको उल्लेख गरेका छन् । ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।’ दसैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको उनको भनाइ छ । यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभार रहेको मुख्यमन्त्री पोखरेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

बडादशैं २०७८ लाई आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा मनाउन म सम्पूर्ण प्रदेशवासी र नेपालीहरुमा उनले अनुरोध गरेका छन् ।
विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को खतरा अझै कायमै रहेकाले नेपाल सरकारले जारी गरेको चाडपर्व तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड पूर्णरुपमा अपनाएर खुसियाली साट्न उनले हार्दिक अपिल गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width