आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
kosh~krishna bastola

बास्तोला परिवारद्वारा विद्यालयलाई अक्षयकोष वापतको रकम हस्तान्तरण गरिँदै

पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

उनीहरुले आमा शेषकुमारी बास्तोलाको प्रथम वार्षिक पुण्यतिथिमा शिवशक्ति माविमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

सो बराबरको रकम बास्तोला परिवारले आइतबार विद्यालयका प्रअ शम्भुराज बास्तोला र व्यवस्थापन समिति अध्यक्ष दामोदर बास्तोलालाई हस्तान्तरण गरेका हुन् । अक्षयकोष रकमको व्याजबाट जेहेनदार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्तिको रुपमा प्रदान गरिने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । महानगरमा जन्मदेखि ५९ महिनासम्मका २९ हजार ३ सय…
  • नीरमाया दोहोरी साँझले जित्यो भलिबल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । चिप्लेढुंगाको नीरमाया दोहोरी साँझले दोहोरी साँझस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा कलाकार खेलकुद संघ आयोजनामा…
  • समाजको हितमा काम गर्न जोड

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । नेपाल दशनामी समाज कास्कीले पोखरामा आयोजना गरेको बृहत् छलफल तथा अन्तरक्रियाका वक्ताले समाजले समुदायको हितमा क्रियाशील हुँदै मौलिक…
  • उन्नतिको रक्तदानमा ६० युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । पोखराको नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधवार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले…
  • पोखराको एकीकृत रणनीतिक कार्य योजना

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा लागेको छ । समग्र पर्यटन क्षेत्रको विकास…

hero news full width

trending post

ट्रेन्डिङ्ग