शुभकामना सहकारीको सभा

आदर्श समाज सम्वाददाता
असाेज २५, २०७८
suvakamana sahakari_2

पोखरा । शुभकामना बचत तथा ऋण सहकारी संस्था, सिर्जनाचोकले स्थापना दिवस तथा १२ औं वार्षिक साधारणसभा भएको छ । सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार दलबहादुर जिसीले कोरोनाका कारण मुलुकको आर्थिक क्षेत्र प्रभावित हुँदा सहकारीहरुसमेत अछुतो रहन नसकेको बताए । उनले संस्थाले सहकारीका सदस्यको हकहितका लागि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

अर्का सल्लाहकार रमेश पौडेलले संस्थालाई अगाडि बढाउन सहकारीका सदस्यको राय सल्लाह र सुझाव लिएर काम गर्नुपर्ने बताए । उनले आर्थिक अनुशानसनले संस्थामात्र हैन, मुलुक नै अगाडि बढ्ने कुरामा जोड दिए ।

संस्थाका अध्यक्ष गोकर्ण बडुवालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार महेश पराजुली, उपाध्यक्ष प्रेमशंकर बडुवाल, सचिव लोकबहादुर भण्डारी, सहसचिव गोपाल घिमिरे, कोषाध्यक्ष ठाकुरप्रसाद सापकोटा, ऋण समिति संयोजक इन्द्र कार्की, सूर्य पुन, लेखा समिति संयोजक रामचन्द्र आचार्य, लेखासमितिका टेकराज तिमिल्सिना, सदस्य रामचन्द्र आचार्य लगायतले संस्थाको गतिविधिबारे बोलेका थिए । संस्थामा ५ सय ५३ सदस्य छन् । संस्थाको शेयर पुँजी ४ करोड ३५ लाख र लगानी १२ करोड छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width