प्रधानमन्त्री देउवा आज पोखरा आउँदै, यस्ताे छ कार्यतालिका

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७८
Sherbahadur-deuba-1

पोखरा । गण्डकी प्रदेशलाई आज आइतबार साक्षर प्रदेश घोषणा गरिंदैछ । प्रदेशका ८५ पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले
अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी प्रदेश सरकारको छ ।

यसका लागि प्रधानमन्त्री शेरबहादुर आजै देउवा पोखरा आउँदै छन् । प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे पोखरा नयाँबजारस्थित प्रदेश
संग्रहालयमा निर्मित साक्षरता स्तम्भ अनावरण गर्ने कार्यक्रम छ । त्यसपछि ११ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेश साक्षर घोषणा मूल समारोहमा
सरिक हुने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रमपछि राष्ट्र बैंक गेस्ट हाउसमा खानापछि दिउँसो ३ बजे पोखरा १७, ग्यालेक्सी बैंक्युटमा हुने शुभकामना आदानप्रदान कार्यक्रममा सरिक भइ
साँझ राष्ट्र बैंक गेस्ट हाउसमा कार्यकर्ता भेटघाट हुनेछ ।

भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width