राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि क्यासललाई

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७८
futsal2233

पोखरा, २२ असोज । राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोट्र्स क्यासलले जितेको छ ।

पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा काठमाडौंको शंखमुल फुटसललाई ४–२ गोलअन्तरले हराउँदै क्यासलले उपाधि जितेको हो । क्यासलले जीतसँगै १० लाख रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गर्‍याे।

क्यासलले खेलको छैटौं मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । २० औं मिनेटमा क्यासलका किशोर गुरुङले गोल गर्दै अग्रता पुनः लिए । पहिलो हाफमा २–१ को अग्रता लिएको क्यासलले दोस्रो हाफमा समेत २ गोल गर्‍याे । २१ औं मिनेटमा किशोरको व्यक्तिगत दोस्रो गोलमा क्यासलले ३–१ को अग्रता लियो । २३ औं मिनेटमा शंखमुलका मणि लामाले गोल गर्दै अग्रता घटाए पनि जीत हात पार्न सकेन । क्यासलका किशोरले ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

क्यासल लिगको शिर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो । प्ले अफमा द राईजिङ क्लब धरानलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । उता शंखमुल लिग तालिकाको तेस्रो स्थानको टिम हो । तेस्रो स्थान रहँदै एलिमेटर खेलमा अर्को घरेलुटोली सविन मेमोरियललाई हराउँदै क्वालिफाइमा पुगेको थियो । क्वालिफाइमा राइजिङलाई नै हराउँदै फाइनल प्रवेश गरेको थियो । लगातार चार खेल खेलेका कारण खेलाडी निकै थकित भएको शंखमुलका प्रशिक्षक प्रकाश परियारले बताए । उनले खेलाडीले सोच भन्दा राम्रो खेल खेलेको प्रतिक्रिया दिए । उनले नेपालमै पहिलो पटक वास्तविक फुटसल खेलिएको बताए । यस्तै जितसंगै क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु जितको हकदार भएको प्रतिक्रिया दिए । ‘मलाई मेरो खेलाडीमा विश्वास थियो हामिले उपाधि जित्छौँ भन्नेमा’ उनले भने,‘आजको खेलमा दबाब त थियो नै तर, दर्शकको हौसलाले पनि हामीलाई साथ दियो ।’

विधागततर्फ:
उत्कृष्ट आला: मणि लामा (शंखमुल)
उत्कृष्ट गोलरक्षक: अनिष श्रेष्ठ (कप्तान शंखमुल)
उत्कृष्ट फिक्सो: विजय श्रेष्ठ (फुटसल ५ धरान)
उदियमान खेलाडी: सुमित श्रेष्ठ (स्पोट्र्स क्यासल)
उत्कृष्ट प्रशिक्षक: विष्णु गुरुङ (स्पोट्र्स क्यासल)

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width