दौडमा सेनाको वर्चश्व

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७८
race news

पोखरा । विभागीय नेपाली सेनाले १० किलोमिटर खुला महिलापुरुष दौड प्रतियोगितामा वर्चश्व जमाएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा सेनाले महिलातर्फ १० किमी दौडमा प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल भएकोमा पुरुषतर्फ प्रथम र द्वितीय प्राप्त ग¥यो ।
निर्धारित दूरी ५१ मिनेट ३८ सेकेन्डमा पार गर्दै सेनाकी सेमकली जैसी प्रथम भइन् । यस्तै, गोमा पुन (५३ मिनेट ११ सेकेन्ड) द्वितीय र मनसरा कुमाल (५५ मिनेट ५३ सेकेन्ड) तृतीय बनिन् ।
पुरुषतर्फ नरेन्द्रसिंह राउत (३३ मिनेट ७ सेकेन्ड) प्रथम र रामजी बस्नेत (४० मिनेट ५ सेकेन्ड) दोस्रो भए । सशस्त्र प्रहरीका नीरज भट्ट क्षेत्रीले सो दूरी ४० मिनेट १५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने ।
५ किमी विद्यालयस्तरीय छात्रातर्फ कास्की मोर्डनाइज्डकी यमुना थापा प्रथम भइन् । उनले २५ मिनेट २५ सेकेन्डमा दूरी पूरा गरिन् । राष्ट्रिय माविकी संगीता विक दोस्रो र कास्की मोर्डनाईज्डकी दीलमाया पुलामी तेस्रो भइन् ।
सोही इभेन्टको छात्रतर्फ जनप्रिय माविका प्रवीण शेर्पाले २६ मिनेटमा ५ किमी दूरी पूरा गर्दै प्रथम भए । छोरेपाटनका मनोज रोकामगर र सिद्ध माविका विमल पुनमगर तेस्रो भए । महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः १५, १० र ७ हजार तथा छात्रछात्रातर्फ विजेतालाई क्रमशः १०, ७ र ५ हजार रुपैयाँ साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरेको प्रतियोगितामा विद्यालयस्तरीयतर्फ ३ सय ३२ तथा महिलापुरुषतर्फ ३ सय धावकको सहभागिता थियो ।
उनीहरुलाई महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेल, महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार, सदस्यसचिव सुवास खड्का, महानगरका शिक्षा अधिकृत सोमनाथ भण्डारी तथा जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी लगायतले पुरस्कृत गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width