पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२ को आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दसैं, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममअन्तर्गत शुभकामना आदान प्रदान तथा पोखरा १४ मा रहेको मनकामना मन्दिर सरफाई गरिएको पोखरा १४ का अध्यक्ष प्रेमबहादुर कार्कीले जानकारी दिए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२ माटेपानीका अध्यक्ष बलबहादुर कार्कीको अध्यक्षयतामा भएको कार्यक्रमको पोखरा १४ का अध्यक्ष प्रेमबहादुर कार्र्कीले चाडपर्वको शुभकामना दिँदै विकृति विसंगति अन्त्य गर्न सबैले आआफ्नो ठाउँबाट सकारात्मक प्रयास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्य समिति कास्की अध्यक्ष बोधराज कार्की, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीका संस्थापक अध्यक्ष मायादेवी तझ्या, सल्लाहकार विश्वलाल श्रेष्ठ, मनोहर युवा क्लबका अध्यक्ष रामजी जिसी, समाजसुधार आमा समूहका अध्यक्ष लक्ष्मी जिसी, समाजसेवी इन्द्रमाया बानिया लगायतले बोलेका थिए ।
कार्यक्रममा उपाध्यक्ष मीरादेवी आचार्यले स्वागत तथा कार्यक्रम संयोजक सविना अधिकारी क्षेत्रीले धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन सचिव इन्किदरा पन्तले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१