चोरीका ९ मोटरसाइकल र स्कुटरसहित ४ युवा पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज २०, २०७८
bike chor

स्याङ्जा । मोटरसाईकल र स्कुटर चोरी गरेको आरोपमा ४ जना युवा पक्राउ परेका छन् । चोरीका आरोपित रुपन्देही र स्याङ्जाका हुन् । पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिकाका ३४ वर्षीय विष्णुबहादुर नेपाली र २८ वर्षीय प्रकाश सिन्धौली (सार्की) हुन् ।
यसैगरी, भीरकोट नगरपालिकाका २० वर्षीय विप्लव श्रेष्ठ र २० कै ज्ञानबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनीहरुबाट ७ वटा मोटरसाइकल र २ वटा स्कुटर भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ गरेका ४ जनालाई चोरी मुद्दा दर्ता भई स्याङ्जा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग