कांग्रेस पोखरा नगर समितिको पदस्थापन

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७८
Congress Pokhara Photo (2)

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सोमबार पदस्थापन भएको छ । कांग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले नवनिर्वाचित नगर सभापतिसहित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पदस्थापन गराएका हुन् ।
कार्यक्रममा जिल्ला सभापति केसीले अब हुने निर्वाचनमा सबै तहमा कांग्रेसको नेतृत्वमा सरकारमा जानुपर्नेमा जोड दिए । कांग्रेसले चुनाव हार्नु पार्टीका नेता र नेतृत्वको क्रियाकलाप कारण भएको उनले बताए । तर अबको १४ औं महाधिवेशनले पार्टीलाई एक भएर लैजाने विश्वास उनले व्यक्त गरे । भावनात्मक एकता बन्ने गरी नेतृत्वले आ–आफ्नोतर्फबाट भूमिका खेल्न सके आगामी दिनमा कांग्रेसले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्व गर्ने उनको भनाइ थियो ।
पोखरा महानगर समितिका निवर्तमान सभापति बजिररमान श्रेष्ठले सबै नेता कार्यकर्तालाई एकताबद्ध बनाएर कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्नेमा जोड दिए । कम्युनिष्टलाई अब जनताले विश्वास नगर्ने भन्दै नेता श्रेष्ठले कांग्रेस अब देशको ठूलो पार्टी बन्ने दाबी गरे । उनले कांग्रेसले सत्ता खोज्नु नपर्ने तर सत्ताले नै कांग्रेस खोज्दै आएको बताए ।
कास्की क्षेत्र २ का क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला ‘मधु’ ले कार्यकर्ता जगाउने गरी पार्टी अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले कांग्रेसमा जागरण आवश्यक भएको बताए । नेपाली कांगे्रस, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य सरस्वती गुरुङले चुनावसँगै पार्टीका नेता कार्यकर्तामा उत्साह आएको बताइन् । उनले आगामी दिनमा गुटउपगुट नभनी सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
महानगरका नवनिर्वाचित नगर सभापति सुरेन्द्रमान बिजुक्छेले कांग्रेसको जीवनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए । ‘चुनावमा जीतहार हुन्छ, हारलाई कमजोर नठानी सबै एकसाथ भएर अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘त्यसका लागि सबैलाई एक ढिक्का भएर लैजाने पूरा प्रयास गर्नेछु ।’ उनले पार्टीलाई सशक्त ढंगले अघि बढाउन आफू हरदम तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गत असोज ९ मा सम्पन्न नगर अधिवेशनमा सुरेन्द्रमान बिजुक्छेले अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै जीत हासिल गरेका थिए । यसअघि नगर उपसभापति रहेका बिजुक्छेले ४ सय १४ मत प्राप्त गर्दै आगामी कार्यकालका लागि विजयी भएका हुन् । बिजुक्छे पोखरा उद्योग वाणिज्य संघका महासचिवसमेत हुन् ।
चुनावी प्रतिस्पर्धामा उनका निकटतम् प्रतिस्पर्धी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेका थिए । सभापतिकै उम्मेदवार पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले २ सय ९, काँग्रेस नेता मिलनप्रसाद तिवारीले १ सय ५३, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले १ सय २७ र पत्रकार ज्योति हमालले ११ मत ल्याएकी थिइन् । यस्तै, नगर उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल निर्वाचित हुँदा सचिवमा टुवराज बास्तोला ‘विशाल’ र गणेशबहादुर थापाले निर्वाचित भएका थिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width