बार्दली सहकारीद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७८
bardali sahakari progrem photo

हेमजा । पोखरा–८, रत्नचोकस्थित बार्दली बचत तथा ऋण सहकारी संस्था लिको ९ औं वार्षिक साधारणसभा आइतबारदेखि सुरु भएको छ ।
सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश अर्थ विकास समितिका सभापति तथा सहकारीका सल्लाहकार दीपक कोइरालाले नेपालको अर्थतन्त्रमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै संस्था स्थापनासँगै स्थानीयहरु बीच सहकार्यको भावना विकास हुँदै गएको औंल्याए ।
उनले सेयर सदस्य सबै मिली सहकारीको बृद्घि, विकासमा लाग्नुपर्ने भन्दै स्थापनाको छोटो समयमा सहकारीले उल्लेख्य प्रगति गरेको चर्चा पनि गरे । त्यस अवसरमा उत्कृष्ट कारोवारकर्ता ६१ सेयर सदस्यलाई सम्मान गरियो ।
कार्यक्रममा कारोवारकर्ता सम्मानित सगरमाथा सहकारीका अध्यक्ष केशवराज घिमिरे, सेयर सदस्यद्वय लोकनाथ सुवेदी र रचना प्रधान, सल्लाहकार गोमादेवी पराजुलीले पनि भनाइ राख्दै सहकारी संस्थामा सहकार्यको भावनालाई ख्याल गर्नुपर्ने बताए ।
सहकारीका उपाध्यक्ष ऋषिराम आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कोषाध्यक्ष डिल्लीराम पौडेलले स्वागत तथा सचिव मोहन सापकोटाले सञ्चालन गरे । सभा यहि असोज ३० गतेसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width