तमु धिं नेपालको भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७८
tamudhee-2-895×671

पोखरा । तमु धिं नेपालको ३७ औं वार्षिक साधारणसभा तथा तमु धिंमा नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारको पहलमा बिनियोजित बजेट र तमु धिं नेपालका सहयोगदाताहरुको सहयोगबाट १ करोड १९ लाखमा निर्मित भवन र तमु धिं नेपाल कर्मद्वारको गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् । भवनको प्रमुख अतिथि गुरुङ र कर्मद्वारको प्रमुख अतिथि गुरुङ र विशेष अतिथि तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनमा तमु समुदायका तीनवटै खेगीहरु पच्यु गुरु कुलप्रसाद गुरुङ, क्ल्हेप्री गुरु लोकबहादुर गुरुङ र लामा गुरु गोपाल गुरुङले मन्त्रोच्चारण गरेका छन् । उद्घाटन पश्चात् प्रमुख अतिथि निवर्तमान मन्त्री गुरुङले नसोचिएको ढंगले अप्रत्यासित गण्डकी प्रदेश सरकार परिवर्तनले तमु धिं नेपालका लागि गर्न सकिने सहयोग हुन नसकेको बताए । आफूले विनियोजन गरेको बजेट हालसम्म पनि निकासा नभएको देख्दा दुख लागेको बताए । कोरोनाको कहरको कठिन अवस्थामा पनि तमु धिं नेपालले छोटो समयमा भवन र प्रवेशद्वार निर्माणले खुसी लागेको बताउँदै आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए । सरकार यथावत रहेको भए गत वर्षको निकासामा कुनै समस्या नहुने र यस वर्ष पनि १ करोड जति निकासा गर्ने आफ्नो सोचले पूर्णता पाउन नसकेको बताए । सामुदायिक विकास, सभ्य समाज निर्माण र समृद्ध मुलुकका लागि तमु समुदाय र तमु धिं नेपालले संस्थागत पहल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तमु धिं नेपालकी संस्थापक एवम निवर्तमान अध्यक्ष कर्म तमु, लण्डन बोरो अफ बार्नेटका निवर्तमान उपमेयर तथा काउन्सिलर लक्ष्यबहादुर गुरुङ, तत्कालीन पोखरा उपमहानगरपालिकाका उपमेयर क्या.मनबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा भवन तथा प्रवेशद्वार निर्माणका सहयोगीहरुलाई सम्मान, संरक्षक सदस्यलाई सदस्यता वितरण, भवन निर्माण उपभोक्ता समितिलाई सम्मान र विभिन्न व्यक्तित्वहरुलाई बधाई ज्ञापन समेत गरिएको थियो । भवन निर्माणका लागि गोपाल गुरुङको अध्यक्षतामा उपभोक्ता समितिले गठन भएको थियो ।
साधारणसभामा तमु धिं नेपालकी महासचिव जुनाकुमारी गुरुङद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गमबहादुर गुरुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाले पारित गरिएको थियो । कोषाध्यक्ष गुरुङका अनुसार भवन तथा प्रवेशद्वार निर्माणका लागि प्रदेश सरकारबाट ४१ लाख ९४ हजार ९६ रुपैयाँ प्राप्त भएको र सहयोगदाताहरुबाट ४६ लाख २३ हजार ३ सय २३ रुपैयाँ सहयोग प्राप्त गरेकोमा २१ लाख २६ हजार १०७ रुपैया रकम नपुग भएकाले सहयोगका लागि आग्रह समेत गरे ।

उक्त कार्यक्रममा चारभञ्ज्याङ तमु समाजका केही सहयोगीहरु र बगालेटोल तमु समाजबाट सहयोग हस्तान्तरण गरिएको थियो भने संस्थापक अध्यक्ष कर्म तमुले आफ्नी आमा कर्णेल तिर्थ कुमारी गुरुङ स्मृति कोषमा ५० हजार रुपैया थप गर्नुभएको थियो। कार्यक्रममा फुलवारी तमु समाजका पुर्व अध्यक्ष, हाल युके रहनु हुने समाजसेवी जंगबहादुर गुरुङले तमुहरुको परम्परागत सँस्कृति संरक्षणका लागि ट्होटें अक्षयकोषका लागि २ लाख रुपैया तमु धिंलाई प्रदान गर्ने उद्घोष गर्नुभएको थियो।

हिमाली साँस्कृतिक परिवारका कलाकारहरु र तमु धिं नेपाल केन्द्रिय आमा समितिबाट नृत्य प्रस्तुत, जिफानका तर्फबाट केस गुरुङ र उषा गुरुङ, तमु(गुरुङ)कलाकार संघ गण्डकी प्रदेशतर्फबाट इन्द्रा गुरुङले गायन प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुनाकुमारी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width