स्थानीयको दबाबपछि बन्ने भयो फिर्के पुल

धनबहादुर गुरुङ
असाेज १८, २०७८
Siddartha chok Birodh photo

पोखरा । पोखरा सिद्धार्थचोकको बाटोमा आइतबार ११ बजे बाँस तेस्र्याइयो । बाँसको बीचमा ब्यानर झुन्ड्याइएको थियो । लेखिएको थियोः ‘फिर्केपुल निर्माण तथा डाइभर्सनका लागि विरोध प्रदर्शन’ ।
विरोध कार्यक्रमको आयोजक थियो सिद्धार्थ मार्ग फिर्के पुल सरोकार समिति र सिद्धार्थ व्यवसायी संघर्ष समिति । उनीहरुले नै पुल निर्माण ढिलाइ भएकोमा चोकमा चक्काजाम गराएका हुन् । दुवै समितिका मानिसहरु बाँसको घेराभित्र बसेर विरोध गरिरहेका थिए । जनप्रतिनिधिहरुले समयमै पुल बनाउँछु भनेर झुक्याएको आरोप लगाइरहेका थिए । उनीहरुको अनुहारमा व्यापारमा घाटा व्यहोर्नु परेको आक्रोश प्रष्ट देखिन्थ्यो । जनप्रतिनिधिहरुलाई तुरुन्त आउन उनीहरुले आग्रह गरिरहेका थिए । वडाध्यक्षहरु आए कालोमासो दल्नेसम्मको धम्की थियो उनीहरुको । एकैछिनमा वडानम्बर ५ का अध्यक्ष धनबहादुर नेपाली र ४ का अध्यक्ष शंकरप्रसाद बास्तोला विरोध क्षेत्रमा प्रवेश गरे । उनीहरु झनै आक्रोशित भए र नारा लगाउनसमेत भ्याए । धन्न प्रदर्शनकारीको आक्रोश कालोमोसो सम्म पुगेन् । दुवै वडाध्यक्षले काम सुचारु गर्ने र वैकल्पिक बाटो बनाउने भनेपछि भिड शान्त भएको थियो । १५ महिनामा बनाउने सम्झौता भएको पुल २५ महिना बित्दासम्म पिल्लरमात्र ठड्याउने काम भएकाले उनीहरुको आक्रोश सडकसम्म पुगेको हो ।
पटक पटक वडा र महानगरमा जानकारी गराउँदासमेत सुनुवाई नभएपछि बाध्य भएर सडक तताउनु परेको एक व्यवसायीले बताए । पोखरा महानगरपालिका वडा नम्बर ४ र ५ जोड्ने फिर्के खोलामाथि बन्न लागेको पुल समयमै नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । उनीहरुले सिद्धार्थचोक, चिप्लेढुंगा रामकृष्णटोल र बगालेटोलमा चक्काजाम गरेका थिए । चाडपर्व नजिकिँदै गएको तर मानिस आवतजावत गर्ने बाटो नै बन्द भएपछि आफूहरु ठूलो मारमा परेको स्थानीय कृष्ण पराजुली (ढाकामोहन) ले जानकारी दिए । पुल छिटो निर्माण गर्नुपर्ने र कम्तीमा दुईपांग्रे सवारी चल्ने वैकल्पिक बाटो बनाइदिनुपर्ने आफूहरुको माग रहेको उनले बताए । लामो समय कोरोना कहरपछि बजार खुले पनि पुल निर्माण नहुँदा व्यापार हुन नसकेको सिद्धार्थ व्यवसाय संघर्ष समितिका विनोद लामिछानेले बताए । जसले गर्दा भाडासम्म तिर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो । आफूहरुको अन्य विकल्प केही नभएकाले बाध्य भएर संघर्षका कार्यक्रम अघि बढाउनुपरेको लामिछानेले बताए ।

स्थानीयकै विरोधले २३ बाट १७ मिटरमा झारिएको छ, १५ महिनामा बनाउने सम्झौता भए पनि २५ महिना बित्दासम्म पिल्लरमात्रै

आइतबार उनीहरुको विरोध भएको केही घन्टामै डोजर चलाएर काम सुरु गरिएको थियो । तर फेरि स्थानीयले केही समय अवरोध गरे । आफूहरुको दबाबपछि काम सुरु गरे पनि केही घन्टा काम गरेर डोजर बिग्रयो भनेर काम बन्द गरकाले समयमै सकिन्छ भन्नेमा शंका रहेको स्थानीय पराजुलीले बताए ।


स्थानीयको जग्गा मिचिएको भन्दै जोडर चलाउन अवरोध गरेको वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले बताए । पुल ढिलो भयो भन्ने पनि स्थानीय र पुल बनाउँदा अवरोध गर्ने पनि स्थानीय नै भएका कारण समस्या परेको उनले बताए । स्थानियको दोहोरो चरित्रले झनै गाह्रो बनाएको उनको भनाई थियो । बाटो, व्यक्तिगत जग्गा आदि सबै मिलाउँदा ३ महिना बितेको वडाध्यक्ष बास्तोलाले जनाए । स्थानीयकै विरोधका कारण २३ मिटरको पुल रिसाइज गर्ने भन्दै १७ मिटरमा झारिएको छ । सहरी क्षेत्रमा बन्ने पुल आकर्षक बनाउने हेतुले पाइलिङ सिस्टमको पुल बनाउन लागिएका कारण पनि केही ढिलाइ भएको उनी स्वीकार्छन् । ‘पोखरामा यो नयाँ सिस्टम अनुभव भएकाले सुरुका दिनमा महानगर र निर्माण कम्पनी सोयल टेस्टमा अलमलमा परेको थियो’, उनले भने, ‘सोयल टेस्टलगायत अन्य कारण काममा ढिलो भएकै थियो पछि विवाद आयो अनि कोरोनाले काम ढिलाइ भयो ।’ स्थानीयको चासो, चिन्ता र दबाबसहित विवाद नगर्ने सहमतिपछि काम धमाधम अघि बढ्ने अध्यक्ष बास्तोलाले बताए ।
सानेपाको शान्ति÷आरोग्य जेभी ४ करोड ५५ लाखमा २०७६ भदौ १ गते सम्झौता गरेको पुल २०७७ मंसिर ५ गते सकिनुपर्ने हो । तर विविध कारणले ढिलाइ भएको निर्माण कम्पनीका इन्जिनियर रामनारायण यादवले बताए । ‘सुरुमा वडा नम्बर ५ तर्फको बाटो विवाद भयो,’ उनले भने, ‘पछि ४ नम्बर वडा तर्फ व्यक्तिगत जग्गाले विवादका कारण र कोरोनाले पनि काममा बाधा पु¥याएको हो ।’ पस्र्याङतर्फको बाटो विवाद सकिएको र सिद्धार्थचोक तर्फको जग्गा विवाद नहुने हो भने अबको ५ महिनामा काम सक्ने इ यादवले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width