३१ विधामा नेसनल गण्डकी म्युजिक अवार्ड

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७८
gandaki music award newss

पोखरा । पुष्पाञ्जली स्टुडियो प्रालि आयोजनामा ‘नेसनल गण्डकी म्युजिक अवार्ड–२०७८’ हुने भएको छ । कात्तिक ५ मा विभिन्न ३१ विधामा वितरण गरिने अवार्डका लागि उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ ।
उत्कृष्टमा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक स्रोताले गरेको भोट आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले पत्रकार सम्मेलन गरी जनायो । लोक, पप, आधुनिक र यस सम्बन्धित श्रव्यदृश्य गरी ३१ विधाका कलाकारलाई अवार्ड वितरण गरिनेछ ।
सार्थ लाइफटाइम एचिभमेन्ट अवार्ड, ज्येष्ठ कलाकार सम्मान र रंपत्रकार सम्मान कार्यक्रमसमेत गरिने छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् । समारोह उद्योग वाणिज्य सभाहलमा हुने आयोजक पुष्पाञ्जली स्टुडियो प्रालि प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले बताए । ‘नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील प्रतिभालाई थप उर्जाशील बनाउन अवार्ड कार्यक्रमको आयोजना गरिएका हो,’ उनले सुनाए ।
यसपालि चलचित्र विधा समेट्न नसके पनि अर्को वर्ष थप्दै जाने गौतमले बताए । ‘१५ दिनको समय राखेर विभिन्न विधामा आवेदन गर्न लगाएका थियौं, अवार्ड कार्यक्रमले पोखराको गरिमा बढ्छ, अर्को वर्षबाट विधा थप्दै लैजान्छौं’ गौतमले भने । पत्रकार सम्मेलनमा जुरी निर्णायक संयोजक सुमन श्रापितले वास्तविक प्रतिभालाई अवार्ड प्राप्त गर्ने गरी आफूहरुले कार्य गर्ने बताए ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका सचिव जीवन दाहालले अवार्ड कार्यक्रम आयोजना हुनु राम्रो भएको बताए । ‘अवार्ड कार्यक्रम आयोजना हुनु राम्रो कुरा हो, हाम्रो साथ सहयोग रहन्छ’ उनले भने । अवार्ड कार्यक्रम सम्पन्न गर्न ६ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width