कोन सामुदायिक सहकारीको २३ औं सभा

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७८

पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था, पोखरा–१३, भद्रकालीचोकको २३ औं साधारण सभा भएको छ ।
कोरोना महामारीका कारण गत बुधबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सुरु गरिएको साधारणसभाको सामापन समारोहमा कोन सामुदायिक बचत तथा ऋण सहकरी संस्थाका मानार्थ संरक्षक तथा निवर्तमान अध्यक्ष शरदकान्त सिग्देलले सबैको सहयोगले आज सहकारी अगाडि बढ्न सफल भएको चर्चा गरे । उनले समय–समयमा सामाजिक कार्यसँगै सदस्यलाई अनुभूति हुने क्रियाकलापले संस्थाप्रति सबैको मायाममता रहेको बताए ।
संस्थाका सचिव शान्तकुमार श्रेष्ठको सचिवको प्रतिवेदन, कोषाध्यक्ष जयप्रसाद सापकोटाको प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देलको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ । सभाले पत्रकार शोभाकान्त सिग्देललाई प्रेस संयोजकमा चयन गरेको छ । पत्रकारितामा स्नातकोत्तर उनी हाल लेकसिटी कलेज र भद्रकाली क्याम्पसमा अध्यापन गराउँछन् ।
सहकारी अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधवप्रसाद सिग्देलले धन्यवाद ज्ञापन र सचिव शान्तकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । सञ्चालक समिति सदस्य शारदा पराजुली सिग्देलले सहकारीका ७ सिद्धान्त वाचन गरिन् ।
कार्यक्रममा लेखा सुपरीवेक्षण समिति संयोजक ज्ञानेन्द्रप्रसाद सिग्देल, सल्लाहकारद्वय नारायणप्रसाद पराजुली, श्यामकुमार शर्मा, शेयर सदस्य अर्जुन सिग्देल लगायत बोलेका थिए । सहकारीका महाप्रबन्धक अपिल कोइरालाले सभामा आएका सुझाव एवं जिज्ञासाको सम्बोधन गरेका थिए । साथै सभापछि शेयर सदस्यलाई १८ प्रतिशत लाभांश पनि सहकारीले जम्मा गर्ने काम सुरु गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width