चक्रदेवीको ५४ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७८
Chakradevi Sahakari

लेखनाथ । पोखरा ३० शिशुवास्थित चक्रदेवी बहुमुखी सहकारी संस्थाकोे ५४ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । सभाको सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेशका रजिष्टार उदयबहादुर पराजुलीले सहकारीहरुले समुदायमा आधारित काम गरेर उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने सुझाव दिए ।
संस्थाका अध्यक्ष शिवप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी बैंक तालचोक शाखाका प्रमुख सन्तोष घिमिरे, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, संस्था पूर्व अध्यक्ष सोमलाल कँडेल, गौतम ऋषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, बेगनास तालनगरी सहकारी संस्थाका अध्यक्ष जीवन तिवारी, महिलाहरुको तर्फबाट गीता जमरकट्टेल लगायतले बोलेका थिए ।
संस्थाका उपाध्यक्ष ऋषिराम जमरकट्टेलले स्वागत गरेका थिए भने निवर्तमान अध्यक्ष शिवराज अधिकारीले धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन सह सचिव उपेन्द्रराज पौडेलले गरेका थिए ।
कार्यक्रममा संस्थाका सेयर सदस्य राजेन्द्र ओझा, गोपिचन्द्र बास्तोला, उपेन्द्रराज सुवेदी (राजु), जीवन तिवारी र पुष्पमणि भण्डारी लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित भएकोमा बधाई तथा सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width