पोखरामा अन्तर्राष्ट्रिय उडान अघि चाहिने पूर्वाधार खोइ ?

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७८
Airport

पोखरा। नेपाल नागरिक उडड्यन प्राधिकरण, पोखरा कार्यालयका निर्देशक विक्रमराज गौतमले बुधबार एक कार्यक्रममा सन् २०२२ जनवरीबाट घरेलु उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमास्थल सञ्चालन गर्ने बताए । उनको भनाइअनुसार विमानस्थल सञ्चालनमा आउन ९० दिनमात्र बाँकी छ । सञ्चारमाध्यममा आएको समाचारले धेरैको ध्यानाकर्षण गरायो । त्यही क्रममा शुक्रबार पश्चिमाञ्चल होटल संघ, पोखराले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र हाम्रो सरोकार’ विषयमा अन्तक्र्रिया आयोजना ग¥यो ।

अन्तक्र्रियाका वक्ताले विमानस्थलबाट सुरुआतमा अन्तर्राष्ट्रिय उडानबाटै गर्नुपर्नेमा जोड दिए । विमानस्थल निर्माणका अभियन्ता एवं पश्चिमाञ्चल होटल संघका सल्लाहकार विश्वशंकर पालिखेले विमानस्थन शिलान्यास अघिका दिन स्मरण गर्दै अहिलेको अवस्थामा आइपुग्दा खुसी व्यक्त गरे । विभिन्न वार्ता, अनसन, नारा, जुलुस संघर्षले शिलान्यास भएको विमानस्थल अन्तिम निर्माणको उत्तरार्धमा छ । तर केही समस्या अझै रहेकोले त्यसलाई सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ थियो । सबै समस्याको हल भएपछि सञ्चालन ल्याउँदा आन्तरिक नभई बाह्य उडानबाटै उद्घाटन गर्नुपर्नेमा उनको जोड थियो । जसका लागि होटल संघ र आफू सहयोग गर्न तयार रहेको उनले बताए । ‘हामी करिब सञ्चालनको मुखमा छौं तर आजसम्म हामीलाई थाहा छैन । कुनकुन देशका हवाई सेवा कम्पनीले सेवा सञ्चालन गर्छन् भनेर ?,’ उनले भने । नेपालमा सञ्चालित विभिन्न राष्ट्रका हवाई सेवा कम्पनीका कन्ट्री म्यानेजर र जिएमए कम्पनीहरुलाई नेपालमै आमन्त्रण गरेर सल्लाह गर्न आफूहरु तयार रहको पालिखेले सुनाए ।

नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो फ्लाइट अन्तर्राष्ट्रिय नै हुनुपर्नेमा जोड दिए । यसका लागि सहयोग गर्न नाट्टा तयार रहेको उनले धारणा राखे । ‘अस्ति हामीले विमान बंगलादेशसँग कुरा गरेका थियौं । यसरी नै सबै एअरलायन्ससँग व्यावसायको कुरा गर्छौं,’ सिग्देलले भने, ‘त्यसपछि हामीहरुले सरकारसँग उहाँहरुलाई लिएर आउँछौं ।’ यसका लागि ३ तहका सरकार र सबै निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताए ।

ट्रेकिङ एसोसियसन अफ नेपाल (टान), गण्डकी अध्यक्ष सुशीलराज पौडेलले घरेलु उडान भएमा अन्तर्राष्ट्रिय विमानस्थलको औचित्य नरहने बताए । ‘यहाँहरुले भनेजस्तै धेरै टेक्निकल पाटो बनिसकेका छन् । अब अन्तर्राष्ट्रियजगत्मा उड्ने भयो भने ठूलो आशा बोकेर आएका थियौं,’ उनले भने, ‘तर टेक्निकल पार्टका कुरा सुन्दा अझै १ वर्ष लाग्ने रहेछ भन्ने भयो ।’ घरेलु उडान गर्ने भनेर घोषणा गर्न हतार गरेको उनको आरोप थियो । आन्तरिक उडान गर्ने भनेर घोषणा गर्दैमा अन्तर्राष्ट्रिय विमानस्थलले सार्थकता नपाउने उनले बताए ।
यस्तै वक्ताले ल्यान्डफिल साइड स्थानान्तरण, रिठ्ठेपानी डाँडा कटान, रिङरोड, वरिपरि बस्तीका बासिन्दाका समस्यासँगै ढल निकास र सिंचाइ प्रबन्ध छिटोभन्दा छिटो हुनुपर्नेमा जोड दिए ।

विमानस्थल सञ्चालनपछि हाल सञ्चालित पुरानो विमानस्थलको प्रयोग र प्रयोजनबारे पनि छलफल भएको थियो । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पुरानो विमानस्थललाई पाइलट ट्रेनिङ सेन्टर बनाउन पनि सुझाव दिए ।

अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको उडान कम्पनीहरुसँग बसेर सल्लाह गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल

सबैको कुरा सुनिसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलको सन्देश अन्तर्राष्ट्रिय उडान गरेर दिने बताए । ‘मेरो पनि उद्देश्य भनेको इन्टरनेसनल फ्लाइट गराएरै सन्देश दिने हो,’ उनले भने, ‘किनभने डोमेस्टिक त हाम्रो चलेकै अवस्था छ नि ।’ अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक, ल्यान्डफिल स्थानान्तरण, पानीको समस्या समाधानका लागि केन्द्रीय सरकारसँग सहकार्य गर्ने उनले बताए । रिठ्ठेपानी डाँडा कटान विषयमा कानुनी व्यवधान हटाउन सबै मिलेर जानुपर्ने उनको भनाइ थियो । अन्तर्राष्ट्रिय उडानका लागि अन्य देशको उडान कम्पनीहरुसँग बसेर सल्लाह गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका सरसफाइ शाखा प्रमुख कल्पना बरालले ल्यान्डफिल साइडको काम भए पनि केही ढिला भएको बताइन् । जग्गा प्राप्ति र आर्थिक व्यवस्थापन कारण काममा ढिलाइ भएको उनी बताउँछिन् । हालको ल्यान्डफिल साइडमा धेरै प्रकारका फोहोर फालिने भएकाले कस्ता फोहोर फाल्ने ? कस्ता नफाल्ने ? विषयमा नागरिक उडड्यन प्राधिकरणलाई पत्र पठाएको उनले जानकारी दिइन् । चालु आवबाट वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा बनेको समितिले पनि काम गरिरहेकाले केही समयमा ल्यान्डफिल साइडको समस्या समाधान हुने उनी बताउँछन् । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले पनि पहिले स्थानीयको समस्या समाधान गर्दै विमानस्थलसँग सम्बन्धित भौतिक संरचना बनाउनु पर्नेमा जोड दिए ।

आवश्यक विधि र प्रक्रिया पूरा गरी चिनियाँ सिएएमसिई इन्जिनियरिङ कम्पनीलाई नेपाल सरकारले निर्माणको जिम्मा दिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) मापदण्डअनुसार फोरडी मोडलमा सन् २०१७ नोभेम्बरदेखि निर्माण थालिएको थियो । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्परुपमा हेरिएको छ ।

विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलका संयोजकसमेत रहेका विक्रमराज गौतमले आगामी २०२२ जनवरी १ देखि आन्तरिक उडान र २०७९ वैशाखदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्न नागरिक उड्डयन प्राधिकरणलाई सिफारिस गरिसकेको बताएका छन् । विमानस्थल बनेपछि दैनिक आन्तरिक ४८ र अन्तर्राष्ट्रिय ६ वटा उडान हुने गरी नागरिक उड्डयन प्राधिकरणले तयारी थालेको छ । विमानस्थलमा ११ वटासम्म जहाज पार्किङ गर्न मिल्छ । २ हजार ५ सय मिटर लामो धावनमार्गको यो विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुने विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए । विमानस्थल सञ्चालन आएपछि पोखरामात्र नभै समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width