पोखरा रोयल सहकारीमा रुद्रकुमारी

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७८
Pokhara Royal SACOS AGM News 2

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रुद्रकुमारी गुरुङ सर्वसम्मत चयन भएकी छन् । संस्थाको शनिबार सम्पन्न २० औं वार्षिक साधारण सभाबाट उपाध्यक्षमा क्या.चन्द्रप्रसाद गुरुङ, सचिव केशवप्रसाद ढकाल, कोषाध्यक्ष गीरबहादुर श्रेष्ठ चयन भए ।

सदस्यहरुमा कृष्ण ढकाल, केदारनाथ पोखरेल, सिआई हरिबहादुर गुरुङ, उमा परियार र एकबहादुर गुरुङ निर्वाचित भए । लेखा सुपरीवेक्षण समिति संयोजकमा हर्कबहादुर गुरुङ र सदस्यहरुमा खिमकुमारी गुरुङ र नारायण सुवेदी निर्विरोध चयन भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराए ।

प्रदेश सहरकारी रजिस्ट्रार उदयबहादुर पराजुलीले साधारणसभा उद्घाटन गरेका थिए । पराजुलीले पोखरा रोयल सहकारी नेपालकै उत्कृष्ठ सहकारी रहेको र यसले अरु सहकारीलाई समेत संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन सिकाउनु पर्ने बताए । संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन वृद्धि हुने क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिए । कार्यक्रममा संस्थाका नवनिर्वाचित अध्यक्ष रुद्रकुमारी गुरुङ, सल्लाहकारङय मेजर रामप्रसाद गुरुङ, एकनारायण ढकाल र पुरस्कृत सदस्य प्रभात पौडेल लगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारी अविनास पौडेल, उत्कृष्ट सदस्य प्रभात पौडेल, पार्वती पौडेल बराल, उत्कृष्ट बाल बचतकर्ता अञ्जली गुरुङ, उत्कृष्ट लघुवित्त केन्द्रतर्फ प्रथम हुने हरियाली रोयल केन्द्र, द्वितीय हुने शिशुवा रोयल केन्द्र र तृतीय साथीभाइ रोयल केन्द्र र दुलेगौडा सेवाकेन्द्रलाई नगद तथा प्रमाणपत्र बाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
साधारण सभाले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, लेखा परीक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गरेको छ । सेयर लाभांश तर्फ ८.०२ प्रतिशत, संरक्षित पुँजी फिर्ता कोषतर्फ बचत तर्फको कारोबारमा २.३७ र ऋण कारोबार तर्फ २.४० प्रतिशत लाभ वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

हाल संस्थामा ७ हजार ३ सय ४६ सेयर सदस्य छन् । संस्थाले नियामक निकायको मार्गदर्शन बमोजिम साप्ताहिक रुपमा सदस्यहरुको उपस्थिति गर्दै साधारण सभा सम्पन्न गरेको हो । यसैबीच संस्थाको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले कोभिड संक्रमणका कारण ज्यान गुमाउने प्रत्येक सदस्यहरुको परिवारलाई प्रति सदस्य ५ हजार आर्थिक सहयोग गर्ने साथै कोभिड केयर शीर्षक अन्र्तगत १० लाख सम्मको ऋणमा ८.८८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने कार्यलाई निरन्तरता दिने निर्णय भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले जानकारी गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width