‘रातो कर’ विरुद्ध पोखरामा विरोध प्रदर्शन

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७८
rato kar durga

पोखरा । महिला महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडमा लगाएको करविरुद्ध युथ कांग्रेस नेपाल कास्कीले शनिबार पोखरामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले सेनिटरी प्याडमा लागेको ‘रातो कर खारेज गर’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा युवायुवतीले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
निशुल्क वितरण गर्नुपर्ने प्याडलाई उल्टै कर लगाउने कामले स्वास्थ्य माफियालाई अझ हौसला मिल्ने र प्याड जस्तो सम्वेदनशील वस्तुमा कर छुट नगरेमा कडा आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिए ।

उनीहरुले महिनावारी सम्बन्धी सम्पूर्ण सामग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउनुपर्ने, महिलाहरुको सहज पहुँचमा पुग्ने गरी सामग्रीहरुको व्यवस्थापन गर्न माग गरेका थिए ।
उनीहरुले अन्य दलहरुको भन्दा फरक प्रकृतिले एक घन्टा विरोध प्रर्दशन गरेका हुन् । प्रर्दशनकाक्रममा महिलामा हुने समस्याबारे डेमो प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुशांक पराजुली, मोनिका बुढाथोकी, श्रृजा पौडेल, रेबिना खड्का लगायतले महिलालाई निशुल्क वितरण गर्नुपर्ने सामग्रीमा कर लगाएर महिलाको अपमान गरेको बताएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width