‘घटना दर्ता समयमै गर्नू’

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
Manju devi gurung

पोखरा । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजना र महिला कानून र विकास मञ्चको सहयोगमा कानुनी पहिचान (नागरिकता र जन्म दर्ता) सम्बन्धमा अन्तक्र्रियात्मक छलफल कार्यक्रम भएको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले समयमै घटना दर्ता समयमै नगर्दा नागरिकले समस्या भोग्नु परेको बताउँदै विवाह,जन्म, मृत्यु दर्ता र नागरिकता समयमै बनाउन सुझाव दिइन् । उनले महानगरवासीलाई समयमै विवाह, जन्म, मृत्यु दर्ता गराउन सचेतना आवश्यक रहेको पनि बताइन् ।
उनले हाल संसद्मा पेस नागरिकता विधेयकमा सिफारिस गर्ने वडाध्यक्षलाई समेत कारबाही हुने व्यवस्था संशोधनका लागि आवाज उठाउन सुझावसमेत दिइन् ।
उनले न्यायिक समितिमा मानाचामल, ज्येष्ठ नागरिकको लालनपालन, सम्बन्ध विच्छेद लगायका मुद्दा बढी आउने गरेको उल्लेख गर्दै न्यायिक समिति संवैधानिक व्यवस्था भएकाले यसको निर्णय कार्यान्वयन बाध्यकारी हुने बताइन् । अधिवक्ता सविन श्रेष्ठले जन्मदाता र नागरिकतासम्बन्धी कानुनी व्यवस्था, सजाय लगायतबारे सहजीकरण गरे ।
उपप्रमुख गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगर न्यायिक समिति सदस्य किशोर बरालले स्वागत र कल्पना ढकालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यको प्रतिनिधित्व थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width