पर्यटकीयस्थल सुरक्षित बनाइँदै

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७८
tilicho nirikshyan

लमजुङ । मनाङका सुरक्षा निकायका प्रमुखको एक टोलीले विश्वकै सर्वाधिक उचाईमा रहेको तिलिचो ताल क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको नेतृत्वमा सो ताल क्षेत्रमा पर्यटकीय गन्तव्य सुरक्षित बनाउन सुरक्षा निकायका प्रमुखसहित सदरमुकाम चामेदेखि तिलिचोसम्म अवलोकन निरीक्षण गरेको हो । टोली चामेबाट भ्राताङ, पिसाङ, मनाङको हवाई मैदान रहेको हुम्डेस्थल हुँदै माथिल्लो मनाङ, खाङसार, तिलिचो बेसक्याम पुगेर उक्त तालको निरीक्षण गरेको हो ।
प्रजिअ लामिछानेका अनुसार ताल पुग्ने बाटा बाढीपहिरोले क्षतविक्षत बनाएको हुँदा पदमार्गको अवस्था, पर्यटकको सुरक्षा, स्थानीय होटल तथा रेस्टुरेन्टको वस्तुस्थिति, पर्यटकीय वातावरण लगायतका विषयमा निरीक्षण गरिएको हो । उनले भने, ‘अवलोकनक्रममा पदमार्गअन्तर्गतका होटल तथा पर्यटन व्यवसायीसँग वर्तमान अवस्थाबारे छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।’
सो अवसरमा स्थानीय जनप्रतिनिधि, एक्यापका प्रतिनिधि तथा सरोकारवालासँग पर्यटन सुरक्षासँगै समुदायको शान्तिसुरक्षाको अवस्थाबारे छलफल भएको सशस्त्र प्रहरी मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन पौडेल बताए । प्रनाउ पौडेलका अनुसार छलफलमा शान्तिसुरक्षा व्यवस्थित बनाउन पर्यटक सुरक्षा, उद्धार तथा व्यवस्थानका लागि सरोकारवाला सबैले सक्दो सहयोग गर्ने तथा उक्त पदमार्गमा आउने पर्यटकको सुरक्षा तथा विपद व्यवस्थापनमा आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
तिलिचो चामेबाट करिब ४५ किमीको दूरीमा पर्छ । खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग ४ घन्टा पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेसक्याम्पमा एक रात बसाइँछि झन्डै साढे ३ घन्टाको उकालो हिंडेपछि मात्र ताल पुग्न सकिन्छ । दूरी हिसाबले नजिक भए पनि हाई अल्टिच्युट र जोखिमपूर्ण बाटोका कारण पर्यटकलाई कठिनाई हुने गरेको छ ।
पछिल्लो समय कोभिड–१९ प्रभाव र मनाङमा बाढीपहिरोले क्षतविक्षत बनाएसँगै मनाङमा पर्यटक आगमन सहज आगमन हुन सकेको अवस्था छैन । यद्यपि पछिल्ला दिनमा फाट्टफुट्ट पर्यटक आउन थालेको मनाङ पर्यटन एवं होटल व्यवसायी संघ अध्यक्ष विनोद गुरुङले बताए । तिलिचोमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी मात्रामा पुग्ने गरेका छन् । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौं पर्यटक पछिल्लो समय तिलिचोसम्म पुग्ने गरेका छन् ।
बर्सेनी हजारौंको संख्यामा भ्रमणका लागि पर्यटक मनाङ आउने र तीमध्ये आधाभन्दा धेरै संख्यामा तिलिचोसम्म पुग्ने भएको हुँदा त्यहाँ जाने बाटो, ताल वरपर आवश्यक पार्क, ठाउँठाउँमा आवश्यक विश्रामस्थल, शौचालय लगायत संरचना निर्माण गरी तिलिचो प्रवद्र्धनका निम्ति स्थानीय सरकार लागिपरेको होटल व्यवसायी संघ अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width