लेउवा संघको कार्यसमितिलाई सुरतालको बधाई

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७८
Surtal+

पोखरा ।सुरताल इभेन्ट एन्ड मल्टिमिडियाले लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ ।
संघको हालै सम्पन्न १३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई एक कार्यक्रम गरी स्वागत तथा बधाई ज्ञापन गरिएको कम्पनीका निर्देशक प्रशान्त सुनारले बताए ।
सुरतालका अध्यक्ष छत्रधर आत्रय, वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष गोपीचन्द्र बास्तोला, महासचिव उपेन्द्रराज सुवेदी ‘राजु’, उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, सदस्य विक्रम कर्माचार्य, बुद्धिप्रसाद बास्तोला, ध्रुवबावु भट्टराई, इन्दिरा रोक्का, जीवन तिवारी, पुण्यमणि भण्डारी, भरत थापा, हरि बास्ताकोटी, महिला सदस्य गंगाकुमारी मल्ल, रञ्जना बराल, मेघराज पौडेल, रामबहादुर गुरुङ र नेत्रपाणि बास्तोलालाई स्वागत गरेको हो ।
संघका नवनिर्वाचित अध्यक्ष आत्रेयले समाजमा सांस्कृतिक उत्थानका लागि सुरतालले राम्रो काम गरिरहेको भनी खुसी व्यक्त गरे । उनले आगामी दिनमा सुरतालसँगै मिलेर संघले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width