दरबार हत्याकाण्डकाे २० वर्ष : पारस र हिमानीको बयानकाे पूर्ण विवरण

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७८
paras himani

पाेखरा । २० वर्षअघि भएको दरबार हत्याकाण्डको दोषी हालसम्म पनि पत्ता लाग्न सकेको छैन। २०६३ जेठ १५ गते नेपालबाट राजतन्त्र नै समाप्त भइसकेपनि त्यसपछिका १४ वर्षमा पनि यो हत्याकाण्डबारे कुनै सत्यतथ्य बाहिर आएन।

२०५८ साल जेठ १९ गते भएको उक्त घटनाका विषयमा छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र नेकपा एमालेका महासचिव माधवकुमार नेपाल सदस्य रहेको उच्चस्तरीय आयोग गठन भयो। तर महासचिव नेपाल उक्त आयोगमा बस्न नचाहेपछि दुई जनाको मात्र आयोग बन्न पुग्यो।

हत्याकाण्ड लगत्तै ज्ञानेन्द्र शाह राजा घोषणा भए पनि आयोगले बयान लिने बेलासम्म पारस युवराज घोषित भइसकेका थिएनन्। २०५८ को दसैंका बेला पारस युवराज घोषणा भए, हिमानी युवराज्ञी। नारायणहिटी दरबारमा हत्याकाण्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरूले आयोगलाई दिएको बयान जस्ताको तस्तै-

श्री ५ शाहज्यादा पारस वीरविक्रम शाह

समिति : सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो। त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहिँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो।

जवाफ : अब, हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं। हामी त्यही … ७।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो। मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं। ७।४० तिर पुग्यौं, पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो। अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ।

ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो। त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो। अ ….. कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ। मेरो, मुमासँग पनि कुरा गरें। आफूमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो। अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो। त्यति कुरा भइ राखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो। सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो।

आठ बज्यो, आफू मुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि …… ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो। अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो। जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो। एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइँमा नै सुकला भयो, म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ … छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइनँ। गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले।

करीब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१।३२, आठ ३१।३२ होला। हामी तल आयौं। वत्तिसत्ति निभाएर तल आयौं। तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ भइ राखेको थियो। हामीले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ आधा घण्टा जति चल्यो होला, मेक्सीमम आधा घण्टाजति चल्यो होला। त्यसपछि हामी दर्शन गरेर यता आयौं। महाराजधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो। त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो। भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजाधिराज सरकारले।

हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिक्स लिई बक्सेको थियो, यसै बीचमा अब हामीचाहिँ एतापट्टी कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको। अँ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं। मैले त यो …

समिति : कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सितिर कि?

जवाफ : होइन क्यारेमवोर्ड छ नि।

समिति : क्यारेमवोर्ड यो?

जवाफ : क्यारमबोर्ड, क्यारमबोर्ड छ नि।

समिति : त्यो वारको पछाडि ?

जवाफ : हो, बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो। हामी Youngs हरुको, अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो। अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ। गड्याङ गर्‍यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ। पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ। एउटा माथि छ, एउटा सिधा छ। त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ, एउटा माथि गएको छ। ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ। अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ फर्स्ट मैं त्यो पनि आवाज।

महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ ड्याङ एउटा यस्तोमा एउटा यस्तोमा। महाराजाधिराज ढलिबक्स्यो। म र डाक्टर राजीव सँगसँगै। दुई जना कुदेर गयौं। डा. राजीव चाहिँ महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहिँं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिँड्ने होइन, हुकुम भयो। त्यही‌ नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमीहरु यहाँ भने। यहाँ वाङ वाङ पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें। उता दुई जना सिनियर मेम्बरहरु पनि महेशकुमार र रविशमशेर दुवै जना पनि मेरै छेउमा थियो। दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें।

शाही परिवारकाे हत्यारा पहिचान गरी कारबाही गर्न माग गर्दै राजधानीकाे सडकमा उत्रिएका सर्वसाधारण। तस्बिर : डेभ एडियर
यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो। मैले देखेको चाहिँं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें। धीरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो। त्यति हुकुम हुँदाखेरी ड्याङ ड्याङ अर्को एउटा यस्तोमा लागेको छ। एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रो सँग सम्झन सकेको छैन। ढलिबक्स्यो। धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन। म पछाडि फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए, अं…… मैले ढलिबक्सेको देखेको महाराजधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें।

त्यो चाहिँ फर्स्ट मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ। त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ। वाहिर सवारी भयो, फेरि फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो। त्यो weapon टिपिबक्सेको थियो। अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो। त्यही भइमा राख्दीबक्स्यो त्यो। अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ। दाइले चाहिँ अरु पनि बोकिबस्केको मैले पनि देखेको हो। अरु तीनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon। एउटा चाहिँने बन्दुक लेफ्ट साइडमा थियो ह्यान्ड गन। ह्यान्ड गन चाहिँँ लेफ्ट साइडमा थियो। दाहिने वगलिमाः MP5 थियो। भिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो। भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो। त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो। त्यसछि हामी त कुनैमा थियौं। वाहिरपट्टी के भयो मैले त देखिन फेरि भित्र सवारी भयो। सवारी भएर ठूलो बुबालाई …

समिति : समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?

जवाफ : छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो। सवारी भयो ठूलो चाहिँ बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो।

… हजुर, उतापट्टी गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, … श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें। त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारी भयो, यतापट्टी ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो। तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो। युवराजधिराज सवारी भयो ड्याङ ड्याङ point blank ड्याङ ड्याङ ड्याङ यस्तो घारीबाट देखेको त्यही देखेको। त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाहिँ राम्रो सँग देखेको हो मैले। ड्याङ हानी बक्स्यो। त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ।

भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो। त्यो चाहिँ लागेको उसलाई। अब त्यस पछि फेरि वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन, वाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतिन चोटी गरिबक्स्यो भित्र, वाहिर, Third time सवारी हुँदा चाहिँ यता … अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति ३ जनालाई हानी बक्स्यो। श्रुती Third time ‘। अनि बाहिर सवारी भयो युवराज सरकार चाहिँ मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी पर्‍यौ ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले। नत्र भए सवै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवि उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो। अ…… महेशको पछाडि मेरो बहिनी छ। पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना बहिनीहरु मैले राखेको थिएँ। लुकाएर राखेको थिएँ। एउटा बहिनी चाहिँ त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ।

एकदमै कभर गरेर राखेको थिए मैले। मैले चाहिँ दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर। म उठेर गएँ। त्यहाँ अरु मान्छे ढलिराखेको थियो। के के भाछ भनेर मैले कान्छो बुवाका गएँ। पारस मेरो खुट्टा चलाउन, खुट्टै चलेन अँ…… मेरा खुट्टा खुम्च्याउन सक्दिनँ, खुट्टा चलाई देउ। अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन।

त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन। मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार निराजनको त बाहिरै कुरा भयो मैले त्यति देखेकै छैन। अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठि बक्सिराथ्यो, ढली बक्सेको। मूमा तल होइसिन्थ्यो। अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो। मुमाले चाहिँ घचडेर उठिबक्सेको देखें। म help गरेर उठाएँ मुमालाई। …… म ठिक छैन, म ठिक छैन भन्नुभयो, माथबाट पनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो। माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ। मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला।

अधिराजकुमारीको रगत रहेछ। त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन। त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ। बाहिर पनि मैले त फायरिङ सुनेको थिएँ। मैले त उता भन्ठानेँ, मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें। दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन। त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ सकिसकेको थियो, म जाँदा मुमा बडामहारानी सरकार ……

समिति : मुमा बडामहारानी सरकार भनेको उता सानो बैठकमा …

जवाफ : उता सानो बैठक, बाहिर पट्टीको। त्यहाँ होइबक्सन्थ्यो। त्याहाँ जाँदासम्म firing बन्द भएको थियो। जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ भइ राखेको थियो। वाहिर ….. त्यो चौरमा फायरिङ भइ राखको थियो। लास्ट भएकै चौरमा हो। त्यसमा पनि के भयो म केही भन्न सक्दिन। मैले देखेको होइन। कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन। मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें। त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिनँ। मैले देखेको कुरा चाहिँ यति हो। म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सवैजना ढली राखेको छन्। खुट्टा चलाई देउ भन्नु भयो। पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो, कान्छो बुबाले। म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें। दौडेर आफूमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन। बाहिर दौडेर ए.डि.सी.हरुलाई भित्र ल्याएँ। त्यो ए.डि.सी.हरु वाहिर गयो, वाहिर जाँदाखेरी ….. हरु ठ्याक्क आइराखेको थियो।

म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो। अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ। मरेको मान्छेहरुलाई छाडदेउ। घाइते मान्छेहरुलाई दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर one by one सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५—६ मर्डरहरु थिए। जो जो आए हाल्दै पठाउँदै थिएँ। अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना। दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो।त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो। ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन ठूलाेमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो। मैले देखेको होइन, ठूलाेमुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडिबक्स्याथ्यो, माथमा लागेको थियो। ल हाल भनेर दाइ र भाइलाई चाहिँ मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडि बसें, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडि अर्को एक जना थियो।

दुई जना चाहिँ म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पुर्‍याको। त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो। ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा उ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ भइ राखेको थियो। उसले अरु मान्छे ल्याउन सकेन, उताबाट वाहिर घुमेर फायरिङ भइ राखेको थियो, उता ढोकाको सिसा फुटाएर मैले आउ भन्दिएँ। यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो।
यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाहिँ महाराजाधिराज सरकारलाई लिएर गएको। त्यसपछि चाहिँं म गएर मान्छेहरुलाई हेर्न गएको। ए.डि.सी. हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ। मैले देखेको त यत्ति नै हो।

समिति : सरकारले कति weapon use भएको देखिबक्स्यो ?

जवाफ : मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ। Glock यूज भएको छ। चारवटा यूज भएको छ। मैले त्यो 12 bore फायर गरेको देखेको छैन। त्यसको फाएर देखेको होइन मैले। अरुचाहिँं फायर भएको देखेको छु मैले। यो एम १६ फायर भएको देखेको हुँ।

समिति : युवराजधिराजको कसरी?

जवाफ : मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको।

समिति : यसको पछाडि के यस्तो कारण ?

जवाफ : यो विवाहकै हो हजूर। मलाई जहाँसम्म लाग्छ, विवाहकै हो। यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो। पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो। त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो with अब भाई र म with जहिले पनि वीथ। दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे। भाई र म with थियौं। अब राजिव त डा. with भयो, श्रुती, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा। मेन कुरा यही नै जस्तो लाग्दछ। मेन कुरा यही हो जस्तो लाग्दछ।

समिति : तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन?

जवाफ : म संग कुरा गरिवक्स्या छैन। मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें, आफु मुमासंग पनि कुरा गरें, नहुने भयो। अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई।

समिति : राम्रो मुड थियो?

जवाफ : लागेको जस्तो भएको थियो। एकदमै राम्रो थियो मूढ। त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले। एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त।

समिति : सरकार माथि कसले पुर्‍याएको?

जवाफ : हजूर। हामी चारजनाले पुर्‍याएको। हामी चारजना, एकजनाले कहाँ सक्नु !

समिति : बोकेरै लगिवक्स्यो ?

जवाफ : दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं…. राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं। गोरख होइन, गोरख पछि पछि आउँदै थियो। माथि ……

समिति : तल सुताइवक्स्यो?

जवाफ : तल, मेन गद्दीमा त सुताएनौं। तल सुतायौं। मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक। … पर्दैन होला।

समिति : त्यो कोठाबाट?

जवाफ : कोठाबाट। माथिको कोठाबाट। जुन मेन गद्दी थियो, त्यो गद्दी भन्दा तल अर्को एउटा बेड … ऊ ….. ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको।

जवाफ : वेपन्सहरु?

जवाफ : वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन। एमपी ५ र मैले देखेको छैन कहाँ थियो। अँ, …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ।

समिति : त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो?

जवाफ : हो, त्यो तखतामा छ। त्यो होला … अँ…. बट्टाभित्रै बक्स भित्र नै थियो। त्यो तखतामा नै देखेको थिएँ मैले। त्यो चाहिँं एम १६ चाहिनी। …… पनि म चिन्छु हजूर जहिले पनि चलाईवक्सिराखेको हो। अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र?

समिति : अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी?

जवाफ : म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु। त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो। अब सक्नेजति गरेको हो। बचाउन खोजेको हो मान्छेलाई। त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ। आफूलाई अहिले, सोंच्दाखेरी। जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई।

समिति : हस् त।

श्री ५ शाहज्यादी हिमानी राज्यलक्ष्मी देवी शाह

समिति : त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ। लिष्ट प्राप्त गर्‍यौं। अब सरकारलाई के कति सम्झना छ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ।

जवाफ : डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन। तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा सवारी भयो ८ बजे। त्यसपछि ठूलो बुबा सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince लाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको। पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ आवाज आयो। अनि … अनि त्यसपछि … कान्छो बुबा अगाडि सर्नुभयो…

कान्छा बुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर बसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरि आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै

समिति : यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाहिँ ?

जवाफ : हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो।

समिति : सरकारहरु चाहिँ उतापट्टी राज होइबक्सेको होला, वारको उतापट्टी?

जवाफ : डाइनिङ रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी।

समिति : कहाँनेर ?

जवाफ : यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ………..।

समिति : अनि त्यो बगैचाका कुरा ?

जवाफ : बन्दुकहरु पड्केको मात्र सुनें ………..।

समिति : धन्यवाद।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width