लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको उद्योग वाणिज्य संघका रुपमा सम्मानित भएको छ ।
महासंघको काठमाडौंमा शनिबार भएको वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा प्रधानमन्त्री खड्कप्रसाद ओलीले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाललाई ‘क’ वर्गको उत्कृष्टताको प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
२०५४ सालमा स्थापना भएको लेउवा संघ २०५८ सालमा घ वर्गको उत्कृष्ट भएको थियो । संघ २०५९ देखि २०६१ सम्म ग वर्गको उत्कृष्ट बन्यो भने २०६४ सालमा क वर्गको उद्योग बाणिज्य संघको स्थानमा रहेको थियो । संघले २०७५ सालमा पनि संघले नेपाल उद्योग वाणिज्य महासंघबाट नेपाल भरिका क वर्गका उद्योग वाणिज्य संघमध्ये प्रथम स्थान हासिल गरेको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चौथौ प्रदेश सभा तथा दोस्रो अधिवेशनबाट पनि गण्डकी प्रदेशबाट उत्कृष्ट संघबाट पुरस्कृत भई सम्मान पत्र र नगद पुरस्कार प्राप्त गर्न सफल भएको हो ।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९