जेसिजको रक्तदानमा ४८ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७७
blooddonation

पोखरा, ११ असोज । पोखरा जेसिजको आयोजनामा भएको रक्तदानमा ४८ युनिट रगत संकलन भएको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरसको समयमा रगतको अभावमा कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

पोखरा जेसिज पोखरामा रक्तदान गर्ने पहिलो संस्था समेत हो । सन् १९७५ मा स्थापित यस संस्थाले नै पोखरामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

जेसिजले रक्तदानसंगै सप्ताहव्यापी कार्यक्रमको समेत शुभारम्भ गरेको छ । पोखरा महानगपालिकाका मेयर मानबहादुर जिसीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण कार्यक्रमको उद्घाटन गरेका थिए । सोहि क्रममा बोल्दै महानगर प्रमुख जिसीले महामारीको समयमा समेत रक्तदान गर्नु सरानिय कार्य रहेको बताए । ‘अहिलेको विषम् परिस्थितीमा समेत पोखरा जेसिजले रक्तदान गर्नु साच्चैनै सरानिय कार्य हो । अहिले कोरोना प्रकोपले थलिएको समयमा समेत सकरात्मक सन्देश प्रवाह गर्नाले हाम्रो सोचमा परिवर्तन आउँन सक्छ । रगत दिनु भनेको कसैको ज्यान बचाउनु हो’ जिसीले भने – यसरी नै सामाजिक कार्यगर्दै संस्थाहरु मध्येमै उत्कृष्टता हासिल गर्न सकोस र सप्ताहव्यापी कार्यक्रम उत्साहपूर्व सम्पन्न होस् ।’

त्यस्तै, पोखरा–१२ का वडा अध्यक्ष रामबहादुर कार्कीले जेसिजको कार्य सधैँ सम्मान योग्य रहेको बताए । उनले संस्थाको स्तरोन्नतीको समेत कामना गरे ।

सोहि क्रममा बोल्दै साप्ताहिक कार्यक्रमका संयोजक मिनराज खड्काले पोखरा जेसिज व्यक्तित्व र नेतृत्वमा कुसल भएर काम गर्ने संस्था भएको बताए । कार्यक्रमको बारेमा जानकारी दिदैँ उनले शुरुवात आफ्नै घरबाट गरेको बताए ।

कोरोनालाई स्विकारेर सामान्य जीवन जिउन तर्फ लाग्नुको लागि भन्दै आफुहले कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सोहि क्रममा बोल्दै पोखरा जेसिज अध्यक्ष शिवप्रसाद सापकोटाले जिवनदान जस्तो महत्वपूर्ण कार्यमा सरिक हुने सबैैलाई धन्यवाद दिदैँ आफुहरुलाई सामजमा सहयोग गर्न थप हौसला मिलेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य बलराम कुवँरले राखेका थिए भने कार्यक्रम सञ्चालन अनन्त प्रधानङ्गले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width