यात्रा गरेको २ साताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु नपर्ने

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७७
Corona_2

पोखरा, ११ असोज । यात्रा गर्नेबित्तिकै कोरोना आशङ्कामा पीसीआर परीक्षण नगर्न सरकारले आग्रह गरेको छ ।

सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र सो अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरेका हुन् ।

उनका अनुसार २ सातासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पिसिआर परीक्षण गर्नु आवश्यक नहुने उनको भनाइ छ ।

लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानी भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पिसिआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पिसिआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

मुलुकभर हाल १८ हजार ३४१ सक्रिय सङ्क्रमित छन्

यसैबीच नेपालमा हाल कोरोना सङ्क्रमिते संख्या ७१ हजार ८२१ पुगेको छ । शनिबार मात्रै १ हजार २ सय ७ जना संक्रमित थपिएका हुन् । काठमाडौँमा उपत्यकामा ७ सय २४ थपिए । मुलुकभर १८ हजार ३४१ सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा एक हजार १ सय ४७ जना कोरोना निको भएका छन् । कोरोना सङ्क्रमण मुक्त दर ७३.८ प्रतिशत पुगेको छ । अहिलेसम्म ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width