महिला तथा बालिकामाथि बढ्दो हिंसाका घटना

रासस
असाेज १०, २०७७
rape attempt

काठमाडौँ, १० असाेज । गत महिना मुलुकभर १ सय ६५ महिला तथा बालिकामाथि हुने हिंसाका घटनालाई अभिलेखीकरण गरिएको छ । ओरेक संस्थाले मनोपरामर्शकर्ता एवं हटलाइनमार्फत १ सय ३० र विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त ३५ वटा घटनाको अभिलेखीकरण गरेको हो ।

भदौ महिनामा मात्रै ८९ घरेलु हिंसाका घटना ४२ वटा बलात्कारको घटना भएका पाइन्छ । बलात्कारका घटनामध्ये १० वटा सामूहिक बलात्कारको घटना रहेका छन् । त्यसैगरी १६ वटा सामाजिक हिंसाजन्य, ६ वटा हत्या, ४ वटा यौन दुव्र्यवहार, ४ मानव बेचबिखन र २ हत्या प्रयासका घटना रहेका छन् । यो अवधिमा एक आत्महत्याको घटना र १ किशोरीमाथि विद्युतीय माध्यमबाट गलत परिचय बनाएर मानसिक हिंसा भएकोे तथ्याङ्क सङ्कलन भएको छ ।

उमेरको आधारमा विश्लेषण गर्दा भदौ महिनामा सबैभन्दा धेरै ५८ जना (३५ प्रतिशत) १७ देखि २५ वर्ष उमेर समूहका युवती रहेका छन् । यसका आधारमा किशोरी र युवा महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ ।

यसैगरी ४४ जना २६ देखि ३५ वर्ष उमेर समूह, ३२ जना १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी र २५ जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु रहेको पाइएको छ । चार जना ४६ देखि ५५ वर्ष उमेर समूहका महिला र दुई जना ५६ वर्षभन्दा माथिका उमेर समूहका प्रभावित रहेका छन् ।

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी ७१ वटा (४३ प्रतिशत) हिंसा श्रीमान्बाट भएको छ भने ३८ परिवारका सदस्य, २१ छिमेकी, १६ अन्य विभिन्न किसिमका व्यक्तिबाट घटना भएको पाइएको छ । ८ घटनामा आरोपित प्रेमी, ५ वटा सेवा प्रदायक, ३ साथी, २ शिक्षक र १ अविवाहित तर सँगै बसेको व्यक्तिबाट हिंसा भएको पाइएको छ ।

हिंसामा संलग्न पीडकहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका ४५ जना

त्यस्तै हिंसामा संलग्न पीडकहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै ३६ देखि ४५ वर्ष उमेर समूहका ४५ जना छन् । त्यसपछि क्रमशः २६ देखि ३५ वर्ष उमेर समूहका ४५ जना, १७ देखि २५ उमेर समूहका २८ जना, ४६ दखि ५५ वर्ष उमेर समूहका ४६ र ५६ वर्षभन्दा माथिका आठ र १६ वर्षभन्दा कम उमेर समूहका सात जना हिंसामा संलग्न भएको तथ्याङ्क पाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width