जनतालाई भोक र रोगबाट बचाउन निर्देशन

रासस
असाेज ९, २०७७

काठमाडौँ, ९ असोज । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महामारीको सबैभन्दा बढी प्रभाव परेका विपन्न र घरेलु श्रमिकको तथ्याङ्क सङ्कलन गरी सहयोगको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित समितिको कक्षमा आज बसेको बैठकले उक्त वर्गलाई रोग तथा भोगबाट बचाउनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी आवश्यकताअनुसार सहयोग व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति निरुदेवी पालले महामारीले ठूलो रुप लिएर फैलिँदै गएको हुनाले कानूनी, विधिगत संयन्त्रको व्यवस्था गर्न सरकारलाई निर्देशन दिए ।

महामारीका कारण कोरोना र मनसुनजन्य प्रकोपबाट समाज र देश नै प्रभावित भएको ठहर गर्दै खाद्यान्नको माग र आपूर्ति नमिल्दा अन्तराष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वभर बजारमा ८० प्रतिशतको रोजगार कटौती भएको जनाइएको छ । बैठकले भारतबाहेक अन्य मुलुकमा काम गरिरहेका करिब ४० लाख नेपालीको रोजगारी प्रभावित हुनसक्ने पूर्वआँकलन गरिएको हुनाले गरिबी तथा बेरोजगारी बढने हुँदा महामारीको अवस्थामा परेका व्यक्तिको तत्काल अध्ययन गर्न सरकार र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

बैठकमा नेपाली काँग्रेसका पुष्पा भुसालले रोग र भोगबाट बचाउनका लागि स्थानीय सरकारलाई केन्द्र सरकारले भरपुर सहयोग गर्नुपर्ने र निर्वाचनको बेलामा मतदाताको नामावली सङ्कलन गरेझै विपद्मा परेका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न बैठकमा सुझाव दिएकी हुन् । समितिमा अरु सांसदले पनि महामारीमा जनतालाई भोक र रोगबाट बचाउनुपर्ने सुझाव दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width