दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार: सांसद थापा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७७

पाेखरा, ८ असाेज । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता  पाँच हजार पुग्ने बताएका छन् ।

पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशन उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ ।

जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे ।

वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुम केशव पराजुलीले आश्रम सञ्चालनको क्रममा विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले प्रभावित बनाएको बताउँदै यस विषम परिस्थितीमा पनि सहयोगी दाताको निरन्तर सहयोग प्राप्त भएको जानकारी दिए । आगामी दिनमा आश्रमको सञ्चालनका लागि दीर्घकालीन सोचका साथ अघि बढिएको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

विभिन्न जिल्लाका ५५ जना बृद्धवृद्धा तथा सेवक सेवीका कार्यतरत रहेको वृद्धाश्रम सञ्चालनका लागि मासिक रु सात लाख ५० हजार खर्च लाग्ने गरेको संस्थाका सचिव केशव लम्सालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width